निन्टेन्डो स्विच २ः “जापानमा रेकर्ड माग र लामो लाइनहरू”को माझ सार्वजनिक

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
निन्टेन्डो स्विच २ः “जापानमा रेकर्ड माग र लामो लाइनहरू”को माझ सार्वजनिक

काठमाडौं ।

निन्टेन्डोले आधिकारिक रूपमा स्विच २ लन्च गरेको छ। यो नयाँ गेमिङ कन्सोल जापान र विश्वभरका प्रशंसकहरूले ठूलो उत्साहका साथ अनुभव गरिरहेका छन्।

टोकियोको इकेबुकुरो सपिङ डिस्ट्रिकमा, सपिङ लटरी जित्ने दर्जनौं व्यक्तिहरू नयाँ डिभाइस प्राप्त गर्न पसलहरूको अगाडि लाइनमा उभिएको बताइएको छ।

स्विच २ ले ठूलो स्क्रिन र थप उन्नत ग्राफिक्सको साथ उल्लेखनीय सुधारहरू ल्याएको उल्लेख छ जुन “मारियो कार्ट वल्र्ड” जस्ता नयाँ खेलहरूसँग आएको बताइएको छ।

निन्टेन्डोले अहिलेसम्म मूल स्विचको १५२ मिलियन युनिटहरू बिक्री गरिसकेको छ जुन “द लेजेन्ड अफ जेल्डा” र “एनिमल क्रसिङः न्यू होराइजन्स” जस्ता टाइटल्सहरूको कारण विश्वव्यापी घटना बन्न पुगेको जनाइएको छ।

कम्पनीले चालू आर्थिक वर्षमा १५ मिलियन स्विच २ युनिटहरू बिक्री गर्ने अपेक्षा गरेको छ भने अमेरिकामा पनि असाधारण माग देखिएको उल्लेख गरिएको छ।

निन्टेन्डोका अध्यक्ष शुन्टारो फुरुकावाले कम्पनीले माग पूरा गर्न र बिक्री प्रवद्र्धनमा ध्यान केन्द्रित गर्न उत्पादन क्षमता बढाउने बताएका छन्।

विश्वव्यापी व्यापार तनावको समयमा आपूर्ति श्रृंखला व्यवस्थापनको लागि स्विच २ को लन्चलाई परीक्षणको रूपमा हेरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...