
काठमाडौं ।
माइक्रोसफ्टले युरोपेली सरकारहरूलाई बुधबार सुरु गरिएको निःशुल्क साइबर सुरक्षा कार्यक्रम प्रदान गरेको छ। यस कार्यक्रममा ती राष्ट्रहरूको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) द्वारा बढाइएका साइबर थ्रेट (खतराहरू) विरुद्धको प्रतिरक्षा बलियो बनाउने कार्य समावेश रहेको बताइएको छ।
धेरैजसो चीन, इरान, उत्तर कोरिया र रूस जस्ता राज्य–प्रायोजित आक्रमणकारीहरूसँग जोडिएका साइबर आक्रमणहरू युरोपमा वृद्धि भएपछि, कार्यक्रमले एआई–आधारित खतराहरूमा गुप्तचर साझेदारी बढाउने र आक्रमणहरूलाई रोक्न र विघटन गर्न मद्दत गर्ने लक्ष्य राखेको छ।
“यदि हामीले संयुक्त राज्य अमेरिकामा विकास गरेका कुराहरू युरोपमा ल्याउन सक्यौं भने, यसले धेरै युरोपेली संस्थाहरूको लागि साइबर सुरक्षालाई बलियो बनाउनेछ” माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले एक अन्तर्वार्तामा रोयटर्सलाई भने।
“तपाईंले महिनाको अन्त्यमा हामीले गरिरहेका अन्य कुराहरू देख्नुहुनेछ” स्मिथले थप उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
बढ्दो रूपमा, आक्रमणकारीहरूले महत्वपूर्ण पूर्वाधारमा बाधा पुर्याउनेदेखि लिएर गलत जानकारी फैलाउनेसम्मका आफ्ना सञ्चालनहरूको स्केल र प्रभावलाई बढाउन जेनेरेटिभ एआई प्रयोग गरिरहेका छन्।
यद्यपि मालिसियस एक्टर्स (दुर्भावनापूर्ण आक्रमणकारीहरू) ले एआईलाई हतियारको रूपमा प्रयोग गरेको भन्दै स्मिथले एआईले रक्षात्मक उपकरणहरू पनि प्रदान गरेको बताएका छन्।
“हामीलाई लाग्दैन कि हामीले त्यस्तो एआई देखेका छौं जुन एआईको प्रयोग वा धम्कीलाई व्यापक अर्थमा पत्ता लगाउने हाम्रो क्षमताबाट बच्न सकेको छ” स्मिथले भने।
“हाम्रो लक्ष्य भनेको एआईलाई आक्रामक हतियारको रूपमा अगाडि बढाउनु भन्दा छिटो तवरले रक्षात्मक उपकरणको रूपमा अगाडि बढाउनु हो” उनले थप बताए।
माइक्रोसफ्टले एआई मोडेलहरूको कुनै पनि मालिसियस (दुर्भावनापूर्ण) प्रयोग ट्र्याक गर्दछ, तिनीहरूलाई प्रकाशित गर्दछ र ज्ञात साइबर अपराधीहरूलाई यसको एआई प्रोडक्टहरू प्रयोग गर्नबाट रोक्नेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार