
काठमाडौं ।
एप्पलको वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) जुन ९ तारिखमा सुरु हुँदैछ र कार्यक्रममा नयाँ अपरेटिङ सिस्टमहरू मुख्य हुने भए पनि, केही रोमाञ्चक एयरपड्स अपग्रेडहरू पनि अपेक्षित गरिएको छ। क्लेभर (चतुर) हेड जेस्चरदेखि क्यामरा कन्ट्रोल (नियन्त्रण) हरू सम्म, एप्पलले आफ्नो वायरलेस इयरबडहरूलाई दैनिक प्रयोगको लागि अझ सहज र बहुमुखी बनाउने सुविधाहरू तयार गरिरहेको बताइएको छ।
९टु५म्याकका अनुसार, एप्पलले पाँच नयाँ एयरपड्स सुविधाहरूको परीक्षण गरिरहेको छ जसले डब्ल्यूडब्ल्यूडीसीमा सबैको ध्यान तान्न सक्ने उल्लेख गरिएको छ। पहिलो सुविधाको रुपमा, एयरपड्स प्रो २ र एयरपड्स ४ मा इनहान्स्ड हेड जेस्चरहरू आउँदैछन्, जुन गत वर्षको नोड–टु–आन्सर र कल र नोटिफिकेसनहरूको लागि शेक–टु–डिक्लाइनमा निर्माण गरिएको छ। यी नयाँ जेस्चर (इशारा) हरूले प्रयोगकर्ताहरूलाई कन्भर्सेसन अवेरनेस भोल्युम ट्वीक गर्न दिनेछन्। जस्तै च्याटको समयमा अडियो घटाउने र साधारण हेड मुभमेण्टको साथ मूल ओरिजिनल नोइज सेटिङहरूमा रिभर्ट गर्न दिनेछन् भने स्टेम–ट्यापिङ आवश्यक नपर्ने बताइएको छ। स्टेमको कुरा गर्दा, नयाँ क्यामरा कन्ट्रोल सुविधाले एयरपड्सको स्टेममा क्लिक गरेर तपाईंको आईफोन वा आईप्याडमा फोटोहरू खिच्न दिनेछ जुन ह्यान्ड्स–फ्री शटहरूको लागि उपयुक्त हुनेछ।
अर्को सुविधा भनको स्लीप अटो–पज हो जसले एयरपड्स लगाएर निदाएको खण्डमा स्लीप डिटेक्सन प्रयोग गर्दै संगीत पज (रोक्ने) गर्नेछ। त्यसैगरी आईफोन १६ सिरिजसँग प्रस्तुत गरिएको अडियो मिक्सले ब्याकग्राउण्ड नोइजबाट स्पिच अलग गर्न मेसिन लर्निङ प्रयोग गर्दछ। एप्पलले एयरपडहरूको लागि “स्टुडियो क्वालिटी” माइक मोडमा काम गरिरहेको बताइएको छ जसले इन–फ्रेम, स्टुडियो र सिनेमेटिक भ्वाइस विकल्पहरू प्रदान गर्दछ। यद्यपि यस बारे थप विवरणहरू अझै साझा नगरिएको उल्लेख छ। त्यसैगरी, सम्भवतः कक्षाकोठाहरूमा लक्षित सेयर्ड आईप्याडहरूको लागि सुधारिएको पेयरिङ एक्सपिरियन्स (अनुभव) ले कम म्यानुअल चरणहरूसँग सहज कनेक्सन (जडान) हरूको प्रतिज्ञा गर्दछ।
एप्पल अहिलेको लागि मौन बसिरहेको बेला, यी सुविधाहरू आईओएस १९ वा फर्मवेयर अपडेटसँग रोल आउट हुन सक्ने उल्लेख गरिएको छ। डब्ल्यूडब्ल्यूडीसी हुनका लागि अब मात्र केही दिन मात्र बाँकी रहँदा यी अपग्रेडहरूले प्रयोगकर्ताहरूका लागि एयरपड्सलाई कसरी स्मार्ट र अधिक सहज बनाउनेछ भनेर हेर्नको लागि सबैजना उत्साहित भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार