सामसङ ग्यालेक्सी फोल्ड७ अल्ट्रा आउने पक्का

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
सामसङ ग्यालेक्सी फोल्ड७ अल्ट्रा आउने पक्का

काठमाडौं ।

सामसङले लामो समयदेखि आफ्नो फोल्ड सिरिजमा अल्ट्रा भेरियन्ट ल्याउने हल्ला चल्दै आएको छ।

यसै क्रममा अब फोल्ड७ अल्ट्राको लागि पहिलो आधिकारिक घोषणा भएको रिपोर्ट गरिएको छ।

यो डिभाइस यस वर्षको उत्तरार्धमा स्ट्याण्डर्ड जेड फोल्ड७ र जेड फ्लिप७ र जेड फ्लिप७ एफई मोडेलहरूसँगै लन्च हुने भएको छ।

सामसङका नयाँ फोल्डेबल फोनहरू जुलाईको सुरुवातमा न्यूयोर्कमा भएको एक कार्यक्रममा लन्च हुने भनिएको छ।

सामसङले अल्ट्रामा यसको क्याटेगोरीमा सबै भन्दा उत्कृष्ट क्यामरा हुनेछ भनि वाचा गरेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार