एडोब फोटोशप बिटा अब एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध

  • Technology Khabar | २२ जेष्ठ २०८२, बिहीबार
एडोब फोटोशप बिटा अब एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध

काठमाडौं ।

यस वर्षको सुरुमा आफ्नो आईओएस रिलीज पछि, एडोबले अब आफ्नो फोटोशप (बीटा) एप गुगल प्लेमार्फत निःशुल्क उपलब्ध गराएको छ।

यसको लागि कम्तिमा ६जीबी र्याम भएको एन्ड्रोइड ११ वा पछिल्लो डिभाइस चाहिने बताइएको छ (एडोबले अप्टिमल पर्फमेन्सको लागि ८जीबी सिफारिस गर्दछ)।

त्यसोभए, फोटोशप एपले के गर्न सक्छ?
एडोब फोटोशप बिटाको साथ डेस्कटप संस्करणमा गर्न सकिने लगभग सबै कुराहरु गर्न मिल्ने बताइएको छ। लेयर्स (तहहरू) र मास्कहरूसँग खेल्नेदेखि लिएर ट्याप सेलेक्ट टुलको साथ ईमेजेजहरूको अनावश्यक भागहरू हटाउने र जेनेरेटिभ फिलको लागि एआई प्रयोग गर्नेसम्मका कार्यहरु गर्न सकिने उल्लेख गरिएको छ।

फोटोशप मोबाइल सुविधाहरूः

  • सेलेक्सन्स, लेयर्स र मास्क जस्ता कोर फोटोशप टुल्सहरू प्रयोग गरेर ईमेजहरू कम्बाइन (संयोजन) र ब्लेण्ड (मिश्रण) गर्नुहोस्।
  • सहज ट्याप सेलेक्ट टुलको साथ ईमेजको भागहरू द्रुत रूपमा हटाउनुहोस् वा प्रतिस्थापन गर्नुहोस्।
  • स्पट हिलिङ ब्रश जस्ता टुलहरू प्रयोग गरेर एकै सेकेन्डमा नै अवरोधहरू हटाउनुहोस्।
  • भिजुअल डिजाइनहरूमा एलिमेण्टस्हरू सहजै थप्न वा रूपान्तरण गर्न जेनेरेटिभ फिल जस्ता फायरफ्लाइ–संचालित जेनेरेटिभ एआई सुविधाहरू प्रयोग गर्नुहोस्।
  • निःशुल्क एडोब स्टक एसेटको विस्तृत पुस्तकालयको साथ रचनात्मक कार्य बढाउनुहोस्।
  • अबजेक्ट सेलेक्ट र म्याजिक वाण्डको साथ सटीक सेलेक्सन (चयन) हरू गर्नुहोस्।
  • रिमुभ (हटाउने) र क्लोन स्ट्याम्प जस्ता उन्नत टुल्सहरूको साथ ईमेजहरू रिफाइन (परिष्कृत) गर्नुहोस्।
  • उन्नत ब्लेण्ड मोडहरू र एडजस्टमेण्ट लेयर्सहरूको साथ लेयर्स (तहहरू) र इफेक्ट (प्रभावहरू) नियन्त्रण गर्नुहोस्।

एडोबले सबै सुविधाहरू बिटा अवधिमा प्रयोग गर्न निःशुल्क भएको र “अतिरिक्त क्षमताहरू चाँडै आउँदैछन्” भनि पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...