
काठमाडौं ।
केही समयदेखि सम्पूर्ण आईफोन १७ परिवारमा १२० हर्ज डिस्प्लेहरू हुनेछन् भनि सुन्दै आएका छौं र सबैले यसको अर्थ प्रोमोशन हो भन्ने अनुमान गरेका थिए। तर हालैको एक जानकारी अनुसार त्यस्तो नहुन सक्छ भनि खुलासा गरिएको छ। ६० हर्ज भन्दा बढी रिफ्रेस रेट भएको एप्पलको प्रत्येक डिस्प्लेलाई “प्रोमोशन” भनेर ब्रान्ड गरिएको हुनाले यो एक उचित अनुमान भएको उल्लेख गरिएको छ।
यद्यपि, प्रोमोशनमा टप रिफ्रेस रेट फ्रिक्वेन्सी बोहक अन्य धेरै कुराहरू पनि रहेका छन्। यसमा आईफोन १३ प्रोमा १० हर्ज देखि १२० हर्ज सम्मको फ्रिक्वेन्सी विकल्पहरूको विस्तृत दायरा रहेको छ। आईफोन १४ प्रो जेनेरेसनको साथ लोअर लिमिट (तल्लो सीमा) १ हर्जमा घटाइएको थियो।
केही हाईयर (उच्च) रिफ्रेस रेट डिस्प्लेहरूले ६० हर्ज, ९० हर्ज र १२०हर्ज जस्ता केही विकल्पहरू मात्र प्रदान गर्दछन् भने सम्भवतः यो आईफोन १७ र आईफोन १७ एयरमा हुने जनाइएको छ। यसैबीच, आईफोन १७ प्रो र १७ प्रो म्याक्समा एलटीपीओ प्यानलहरू हुने अनुमान गरिएको छ जसले ६० हर्ज भन्दा कममा गएर स्ट्याटिक कण्टेन्ट (स्थिर सामग्री) मा पावर बचत गर्न सक्छ भने यो विशेष गरी अलवेज–अन डिस्प्ले मोडमा उपयोगी हुनेछ। एओडी नन्–प्रो आईफोनहरुमा उपलब्ध छैन र यो १७–सिरिजसँग परिवर्तन हुनेछ कि छैन भन्ने बारेमा पनि स्पष्टता नभएको उल्लेख गरिएको छ।
हालको समयमा एलटीपीओ त्यति महँगो नहुने र केही मिड–रेन्जरहरूमा पनि फेला पार्न सकिने बताइउको छ। तैपनि, एप्पलले अब ६०हर्ज डिस्प्लेहरूलाई विगतमा नै राख्नको लागि तयार भएको देख्दा सबै खुसी भएका छन्। यद्यपि, यो पूर्ण रूपमा सत्य नहुन सक्ने र आईफोन १७ई मा १२० हर्ज अपग्रेडमा समावेश हुनेछ कि छैन भन्ने बारेमा पनि स्पष्टता नभएको जनाइएको छ। साथै “ई” फोनहरू वार्षिक रूपमा रिलीज हुनेछन् र सन् २०२६ को सुरुमा एउटा नयाँ आउँदैछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार