नेटफ्लिक्सको टुडुम कार्यक्रममा हजारौं प्रशंसक भेला

  • Technology Khabar | २० जेष्ठ २०८२, मंगलवार
नेटफ्लिक्सको टुडुम कार्यक्रममा हजारौं प्रशंसक भेला

काठमाडौं ।

नेटफ्लिक्सले वार्षिक टुडुम मार्केटिङ कार्यक्रममा स्क्विड गेम, वेन्स्डे र स्ट्रेञ्जर थिङ ५ जस्ता चर्चित परियोजनाहरूको ट्रेलर र घोषणाहरू सार्वजनिक गरेको छ।

टुडुम नाम नेटफ्लिक्स खोल्दा बज्ने आवाजबाट प्रेरित छ। यस वर्षको टुडुम कार्यक्रममा पहिलोपटक यूट्युब नभई नेटफ्लिक्स प्लेटफर्ममै प्रत्यक्ष प्रसारण गरिएको थियो।

द लस एञ्जलस टाइम्सका अनुसार, करिब ९,५०० प्रशंसकहरू सदर्न क्यालिफोर्नियाको किया फोरममा प्रत्यक्ष सहभागी भएका टेकक्रञ्चले जनाएको छ जहाँ उनीहरू आफ्ना मनपर्ने कलाकारहरूलाई हेर्ने आशामा आएका थिए।

कार्यक्रममा प्रस्तुति दिने लेडी गागा पनि त्यहाँ उपस्थित थिइन् जो वेन्स्डे शृंखलामा अतिथि कलाकारको रूपमा देखिनेछिन्।

नेटफ्लिक्सकी प्रमुख मार्केटिङ अधिकृत म्यन ली ले भनिन्, “अरू कुनै पनि स्टुडियोले डब्लूडब्लूई प्रशंसक, नाइभ्स आउट प्रशंसक र वेन्स्डेका लागि आएका लेडी गागा प्रशंसकहरूलाई एउटै ठाउँमा भेला गराउन सक्दैन।”
“त्यो काम नेटफ्लिक्स मात्रले गर्न सक्छ,” उनले भनिन्।

घोषणाहरूमा सबैभन्दा ठूलो समाचार स्ट्रेञ्जर थिङ्स ५ को बारेमा थियो — नोस्टाल्जिया-आधारित डर लाग्दो शृंखलाको अन्तिम सिजन तीन भागमा आउनेछ। पहिलो भाग नोभेम्बर २६ मा सार्वजनिक हुनेछ भने अन्तिम भाग नयाँ वर्षको पूर्वसन्ध्यामा रिलिज गरिनेछ।

प्रकाशित: २० जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...