रहस्यमय ‘प्लानेट नाइन’ को खोजले प्रस्तुत गर्यो अचम्मको तथ्य

Technology Khabar १७ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

यो एक मनमोहक विचार हो जसले लामो समयदेखि वैज्ञानिकहरूलाई चिन्तामा राखेको छः यसलाई पत्ता लगाउने हाम्रा सबै प्रयासहरूलाई बेवास्ता गर्दै हाम्रो सौर्यमण्डलको किनारमा अन्धकारमा एक विशाल र रहस्यमय ग्रह लुकेर बसेको छ।

केही खगोलविदले नेप्च्युनभन्दा परका हिउँले ढाकिएका चट्टानहरूको अनौठो, गुच्छाले त्यहाँ केही ठूलो छ भनेर सङ्केत गरेको बताएका छन्। त्यसलाई उनीहरूले प्लानेट नाइन नाम दिएका छन्।

अब यो रहस्यमयी संसारको खोजी गर्ने अमेरिकामा आधारित तीन जनाको समूह यसको सट्टा सौर्यमण्डलको बाहिरी भागमा नयाँ पुड्को ग्रह जस्तो देखिने तथ्य भने अमिल्दो हुने भएको छ।

यस नयाँ सदस्यको अस्तित्वले प्लानेट नाइन सिद्धान्तलाई चुनौती दिन सक्ने अनुसन्धानकर्ताहरूले गणना गरेका छन्। २०१७ ओएफ२०१ नाम दिइएको नयाँ वस्तु लगभग सात सय किलोमिटर (चार सय ३० माइल) चौडा रहेको पियर–समीक्षा नगरिएको गत हप्ता अनलाइन प्रकाशित एक प्रिप्रिन्ट अध्ययनमा उल्लेख छ। यसले यसलाई प्लुटोभन्दा तीन गुणा सानो बनाउँछ।

तर त्यो अझै पनि पुड्को ग्रह मान्न पर्याप्त ठूलो रहेको न्युजर्सीको इन्स्टिच्युट फर एडभान्सड स्टडीका प्रमुख अध्ययन लेखक सिहाओ चेङले बताए।

टाढाको यात्री

यो वस्तु हाल पृथ्वीबाट नेप्च्युनभन्दा तीन गुणा टाढा छ। यसको अत्यन्त लामो कक्षाले पृथ्वी र सूर्यको बीचको दूरीको एक हजार छ सय गुणाभन्दा बढी बाहिर घुम्छ।

यसलाई सौर्यमण्डलको वरिपरि बरफिलो चट्टानहरूको घेराभित्र लैजान्छ जसलाई उर्ट क्लाउड भनिन्छ। चेङका अनुसार यो यति टाढा जान्छ कि यसले विगतमा हाम्रो सूर्यबाहेक अन्य ताराहरूको छेउबाट गुज्रन सक्थ्यो।

आफ्नो २५ हजार वर्षको कक्षाको क्रममा यो वस्तु पृथ्वीको पर्याप्त नजिक केवल शून्य दशमलव पाँच प्रतिशत समयमा मात्र हुन्छ, जुन लगभग एक शताब्दी हो।  “यो पहिले नै कमजोर र अधिक धमिलो हुँदै गइरहेको छ”, चेङले भने।

यस खोजले नेप्च्युनभन्दा परको कुइपर बेल्टमा ‘समान कक्षाहरूमा सयौँ समान चीजहरू छन्’ भन्ने सुझाव दिएको चेङले बताए।

प्लानेट नाइनको खोजीमा कठिन डाटासेट खोज्न आधा वर्षभन्दा बढी समय बिताउने जोखिम लिएपछि चेङले उनी केही पनि फेला पारेकोमा ‘भाग्यशाली’ रहेको बताए। अनुसन्धानकर्ताहरूले आफ्नो आविष्कारमा जेम्स वेब, हबल र एल्मा टेलिस्कोपहरू लक्षित गर्न समयको अनुरोध गरिरहेका छन्।

तर क्यालिफोर्नियाका २३ वर्षीय सोखिन खगोलविद् स्याम डिनले पहिले नै पुराना डाटासेटहरू मार्फत पुड्को ग्रह उम्मेद्वारलाई ट्र्याक गर्न सक्षम भएका छन्।  “ओएफ२०१, मेरो विचारमा पछिल्लो दशकमा बाहिरी सौर्यमण्डलमा सबैभन्दा चाखलाग्दो खोजहरू मध्ये एक हो”, डिनले भने।

प्लानेट नाइनका बारेमा

कुइपर बेल्टमा फेला परेका हिउँले ढाकिएका चट्टानहरूको एक विशेष दिशामा समूहबद्ध कक्षामा जाने प्रवृत्ति राख्छन्। दुई दशकअघि खगोलविद्हरूले यो पृथ्वीभन्दा १० गुणा ठूलो विश्वको गुरुत्वाकर्षणको कारणले भएको थियो भनेर प्रस्ताव गरे, यसलाई प्लानेट नाइन नाम दिए र त्यसबेलादेखि चलिरहेको बहस सुरु भयो।

यसलाई कहिलेकाहीँ प्लानेट एक्स पनि भनिन्छ। यो नाम एक शताब्दीभन्दा पहिले नेप्च्युनभन्दा बाहिरको काल्पनिक संसारका लागि प्रस्तावित गरिएको थियो। सन् १९३० मा खगोलविद्हरूले प्लानेट एक्सको खोजी गर्दा उनीहरूले प्लुटो फेला पारे। यो हाम्रो सौर्यमण्डलको नवौँ ग्रह बन्यो।

तर प्लुटो धेरै सानो निस्क्यो –– यो चन्द्रमाभन्दा सानो छ –– र २००६ मा पुड्को ग्रहको स्थितिमा घटाइयो। अब त्यहाँ चार अन्य आधिकारिक रूपमा मान्यता प्राप्त पुड्का ग्रहहरू छन् र चेङले २०१७ ओएफ२०१ तिनीहरूको श्रेणीमा सामेल हुनसक्ने विश्वास गरेका छन्।

जब अनुसन्धानकर्ताहरूले यसको कक्षाको मोडेल बनाए, तिनीहरूले यसले समान वस्तुहरूको समूहबद्ध प्रवृत्तिलाई पछ्याउँदैन भन्ने फेला पारे। यसले प्लानेट नाइन सिद्धान्तका लागि समस्या निम्त्याउन सक्छ, तर चेङले थप डाटा आवश्यक रहेकोमा जोड दिए।

क्यानाडाको युनिभर्सिटी अफ रेजिनाकी सामन्था ललरले एएफपीलाई भनिन्, “यो महान खोज र यस्तै अन्यको अर्थ प्लानेट नाइनका लागि मूल तर्क कमजोर हुँदै गइरहेको छ।” यस वर्ष चिलीमा अनलाइन जाने निर्धारित गरिएको भेरा रुबिन वेधशालाले कुनै न कुनै तरिकाले यस रहस्यमा प्रकाश पार्ने अपेक्षा गरिएको छ।

डिनका अनुसार अहिलेसम्म प्लानेट नाइनको कुनै सङ्केत नभेटिनु निरुत्साहजनक थियो। “तर भेरा रुबिन क्षितिजमा भएकोले मलाई लाग्दैन कि हामीले यसको अस्तित्वका बारेमा धेरै लामो समयसम्म सोच्नुपर्नेछ”, उनले भने।

चेङ यो विशाल ग्रह कतै बाहिर छ भन्ने अझै पनि आशा गर्छन्।  “हामी यस्तो युगमा छौँ जब ठूला टेलिस्कोपहरूले ब्रह्माण्डको किनारासम्म देख्न सक्छन्”, उनले भने, “तर हाम्रो घरको आँगनमा के छ त्यो अझै पनि धेरै हदसम्म अज्ञात छ।”-रासस/एएफपी

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया