चीनले विकास गर्यो लगभग २ किलोमिटर टाढाबाट साना अक्षर पढ्न सक्ने लेजर प्रविधि

Technology Khabar १७ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

चीनका वैज्ञानिकहरूले १.३६ किलोमिटरको दूरीबाट उच्च रिजोल्युसनमा सानो टेक्स्ट (अक्षर) र अन्य सूक्ष्म विवरणहरू अवलोकन गर्न सक्ने लेजर विकास गरेको बताएका छन्।

फिजिकल रिभ्यु लेटर्स जर्नलमा प्रकाशित एक अध्ययनमा, चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लगभग एक माइल टाढाबाट सानो विवरणहरू लिन सक्ने नयाँ लेजर–आधारित प्रणालीको परीक्षण गरेको बताइएको छ। अनुसन्धानकर्ताहरूले ईमेज (तस्बिर)मा ध्यान केन्द्रित गर्नुको सट्टा प्रकाशले सतहमा कसरी ठोक्किन्छ भन्ने आधारमा नयाँ तरिका अपनाएको उल्लेख गरिएको छ।

यो विधिलाई एक्टिभ इन्टेनसिटी इन्टरफेरोमेट्री भनिनेछ। चिनियाँ वैज्ञानिकहरूले ताराहरू भन्दा फरक, सेल्फ–लुमिनोस (स्व–प्रकाशित) नभएका वस्तुहरू पत्ता लगाउन यो विधि प्रयोग गर्न सकिने प्रदर्शन गरेका छन्।

साइन्स अलर्टका अनुसार, अनुसन्धानकर्ताले एउटा इन्स्ट्रुमेण्ट (उपकरण) को परीक्षण गरेको बताइएको छ जसले दूरीको एक विशेष बिन्दुमा फायर गरिएको आठवटा इन्फ्रारेड लेजर बीमहरू उत्सर्जन गर्ने उल्लेख गरिएको छ। त्यसपछि लाइट रिफ्लेक्सन (प्रकाश परावर्तन) को इन्टेनसिटी (तीव्रता) खिच्न दुई टेलिस्कोपहरू प्रयोग गरिएको थियो। ‘लक्ष्यलाई उज्यालो पार्ने आठ लेजर बिम्स (किरणहरू) को सावधानीपूर्वक क्यालिब्रेसन मार्फत, दुई टेलिस्कोपहरूबाट प्राप्त रिडिङहरू बीचको भिन्नताहरूको तुलना गरेर ईमेज (तस्बिर) पुनर्निर्माण गर्न सकिन्छ’ भनि अनुसन्धानकर्ताहरूले व्याख्या गरेका छन्।

“आउटडोर एक्सपेरिमेण्ट (बाहिरी प्रयोग) हरू मार्फत, हामीले १.३६ किलोमिटर टाढा अवस्थित मिलिमिटर–स्केल लक्ष्यहरूको सफलतापूर्वक ईमेज (तस्बिर) बनाएका छौं, एकल टेलिस्कोपको डिफ्य्राक्सन लिमिट (सीमा) भन्दा लगभग १४ गुणा रिजोल्युसन वृद्धि हासिल गरेका छौं” अध्ययन लेखकहरूले उल्लेख गरेका छन्।

यो विधि “उच्च–रिजोल्युसन अप्टिकल इमेजिङ र सेन्सिङको लागि आशाजनक” देखिएको अनुसन्धानकर्ताहरूले विश्वास व्यक्त गरेका छन्।

चिनियाँ वैज्ञानिकहरूले आफ्नो सेटअप मार्फत, उनीहरूले पेन्सिलको चौडाइभन्दा सानो ३ मिमीको रिजोल्युसनमा अक्षरहरू सही रूपमा पढ्न सक्षम भएको खुलासा गरे। ‘यो एकल टेलिस्कोपले हासिल गर्न सक्ने तुलनामा स्थानिय रिजोल्युसनमा १४ गुणा सुधार हो’, उनीहरूले भने।

यद्यपि, अनुसन्धानकर्ताहरूले अझै पनि केही सीमितताहरू पार गर्नुपर्ने उल्लेख गरेका छन्। उदाहरणका लागि, यसलाई वस्तुको क्लियर लाइन अफ साइट (स्पष्ट दृष्टि रेखा) चाहिने बताइएको छ। टार्गेट (लक्ष्य) लाई लेजरहरूले उज्यालो बनाउनुपर्छ, त्यसैले यो निगरानी परिदृश्यहरू जस्तै चोरीको लागि उपयुक्त नहुन सक्छ भनि थप उल्लेख गरिएको छ।

टोलीले लेजरको नियन्त्रण पनि सुधार गर्ने योजना बनाएको बताएका छन् जसले गर्दा तिनीहरूलाई निर्देशित गर्न सजिलो हुने जनाइएको छ।

यसबाहेक, अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) स्थापना गर्न सक्ने उल्लेख गरिएको छ जसले ईमेज (तस्बिरहरू) लाई अझ सही रूपमा पुनर्निर्माण गर्न मद्दत गर्न सक्ने एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया