विद्युतिय चुरोट तथा भेपजन्य वस्तुमा अन्तःशुल्क दर दोब्बर तोकियो

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
विद्युतिय चुरोट तथा भेपजन्य वस्तुमा अन्तःशुल्क दर दोब्बर तोकियो
सांकेतिक तस्विर

काठमाडौं ।

सरकारले विद्युतिय चुरोट तथा भेपजन्य वस्तुहरुका साथै त्यसका पार्टपुर्जाहरुमा दोब्बरले कर वृद्धि गरेको छ।

सरकारले ल्याएको आर्थिक विधेयक २०८२अनुसार इलेक्ट्रोनिक चुरोटहरु सिगरेट्स र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय वाष्पीकरण (भेपोराइजिङ) गर्ने साधनहरुका पार्टपुर्जाहरुमा दोब्बर कर तोकेको हो।

आर्थिक विद्येयककाअनुसार  इलेक्ट्रोनिक चुरोटहरु सिगरेट्स र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय भाप निकाल्ने (भेपोराइजिङ) गर्ने साधनहरुमा ६० प्रतिशतले अन्तःशुल्क दर तोकेको छ।

यसका साथै त्यसका पार्टपुर्जाहरुमा समेत समान अन्तःशुल्क दर तोकिएको छ।

चालु आर्थिक वर्षमा ती दुबै वस्तुहरुमा यस्तो अन्तःशुल्क दर ३० प्रतिशत मात्र रहेको थियो।

यस बाहेक सरकारले यस्ता चुरोट तथा भेपहरुमा प्रति गोटा ३० रुपैयाँको दरले स्वास्थ्य जोखिम कर समेत लगाउनेछ।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • १५ जेष्ठ २०८२, बिहीबार