सीजी पेले पायो भुक्तानी सेवा प्रदायकको अनुमति

  • Technology Khabar | १७ पुष २०७५, मंगलवार
सीजी पेले पायो भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीजी पे नेपाल प्रालि लाई भुक्तानी सेवा प्रदायको काम गर्ने अनुमति पत्र दिएको छ । सो अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सीजी पेबाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।

यस सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै, टेलिकमहरुको रिर्चाज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशी तथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे बाटै गर्न सकिने कम्पनीले जनाएको छ ।

सीजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक (यूजर) लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैङ्किङ् प्रणाली मार्फत सम्पन्न हुनेछ। सीजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सजिलै यो सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: १७ पुष २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...