नेपाल पूर्वाधार सम्मेलन हुने, भारतीय मन्त्री नितिन गडकरी प्रमुख बक्ता

  • Technology Khabar | २७ आश्विन २०७१, सोमबार
नेपाल पूर्वाधार सम्मेलन हुने, भारतीय मन्त्री नितिन गडकरी प्रमुख बक्ता

काठमाडौं ।

काठमाडौं, २७ असोज । नेपाल उद्योग परिसंघको अगुवाईमा कात्तिकमा नेपाल पूर्वाधार सम्मेलन २०१४ आयोजना हुने भएको छ । सरकार, निजी क्षेत्रका विभिन्न संघसंस्थाहरुका साथै अन्तर्राष्ट्रिय संघसंस्था र विकास साझेदारहरुको सहकार्यमा यो सम्मेलन आयोजना गर्न लागिएको हो।

परिसंघले दिएको जानकारी अनुसार कात्तिक २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन आयोजना हुनेछ। सम्मेलनका विशिष्ट अतिथि तथा प्रमुख वक्ताका रुपमा भारतीय सडक, पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी सहभागि हुने परिसंघले जानकारी दिएकोछ।

सरकार र निजी क्षेत्रको सहकार्यमा नेपालको पूर्वाधार विकासलाई गति प्रदान गर्दै आगामी सन् २०२२ सम्म नेपाललाई विकासशिल देशको कोटीमा पुर्या्उने लक्ष्यलाई साकार पार्न सहयोग पुर्यानउनु सम्मेलनको उद्देश्य रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। सम्मेलनको माध्यमबाट नेपालमा पूर्वाधारका क्षेत्रमा रहेको लगानीको सम्भावनालाई क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार भई आगामी दिनमा पूर्वाधार तथा औद्योगिक विकासका लागि विदेशी लगानी भित्राउन सहयोग मिल्ने परिसंघको अपेक्षा छ।

विकास निर्माण र पूर्वाधार क्षेत्रसँग सम्वन्धित विभिन्न सरकारी मन्त्रालय, विभाग, लगानी बोर्ड नेपालका साथै भारतीय उद्योग वाणिज्य महासंघ र परिसंघसँग सम्वद्ध पदाधिकारी सहित ३०० भन्दा बढी सरोकारवालाहरुको सहभागिता रहने जानकारी दिइएको छ। सम्मेलनमा आर्थिक विकासमा पूर्वाधारको महत्व, अन्य छिमेकी देशहरुका अनुभव र उत्कृट अभ्यासमा छलफल हुनेछ। नेपालमा यस क्षेत्रको अवस्था, यसको विकासका लागि नीतिगत तथा अन्य व्यवधानका साथै तीनको समाधानका उपायका विषयमा पनि व्यापक छलफल हुने जानकारी परिसंघले दिएको छ।

नेपालमा पहिलो पटक हुन गइरहेको यस सम्मेलनले नेपालमा पनि आर्थिक विकासको मेरुदण्ड पूर्वाधार निर्माणका क्षेत्रमा कायम परम्परागत मान्यतालाई बदल्दै पूर्वाधार विकासमा फड्को मार्न निजी क्षेत्रको ज्ञान, शिप, अनुभव र लगानी अपरिहार्य छ भन्ने विषयलाई स्थापित गराउने परिसंघको विश्वास छ ।

प्रकाशित: २७ आश्विन २०७१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • २७ आश्विन २०७१, सोमबार