
काठमाडौं ।
सरकारले दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन गर्न कानुनी व्यवस्था गर्ने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन गर्न कानुनी व्यवस्था गरिने बताएका हुन्।
यसबाहेक सार्वजनिक सेवा प्रसारणको अन्तरराष्ट्रिय पहुँच विस्तार गर्न एनटीभी वर्ल्ड च्यानल पीएसबी डिजिटल प्लेटफर्म सञ्चालन गरिनेछ। साथै विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित बनाइने पनि सरकारले घोषणा गरेको छ।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार