नेपाल टेलिकमको ३० प्रतिशतसम्मको सेयर बिक्री गर्ने घोषणा

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
नेपाल टेलिकमको ३० प्रतिशतसम्मको सेयर बिक्री गर्ने घोषणा
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सेयर बिक्री गर्ने घोषणा गरेको छ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशतसम्म पुग्नेगरी सेयर बिक्री गर्ने घोषणा गरेका हुन्।

घोषणाअनुसार सरकारलाई बहुमत सेयर हुने गरी ३० प्रतिशतसम्म सेयर बिक्री गर्ने भएको हो।

हाल नेपाल सरकारसँग ९० प्रतिशत भन्दा धेरै नेपाल टेलिकमको शेयर रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार