निजी क्षेत्रसँग मिलेर एआई सेन्टर स्थापना गरिने, हार्डवेयर र सफ्टवेयर प्रयोगमा एकरुपता ल्याउने

Technology Khabar १५ जेष्ठ २०८२, बिहीबार

निजी क्षेत्रसँग मिलेर एआई सेन्टर स्थापना गरिने, हार्डवेयर र सफ्टवेयर प्रयोगमा एकरुपता ल्याउने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल पूर्वधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।

यसैगरीडाटा सेन्टर निर्माण गर्न, सञ्चालन र पूर्वधार विकास गर्न निजी क्षेत्रसँग सहकार्य गरिने भएको छ।

मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर बनाईने र सेन्टर बनाउन चाहने कम्पनीलाई जग्गा र विद्युल जस्ता सुबिधा दिईने बताए।

यसैगरी एकीकृत डाटा सेन्टरको स्तरोन्नती गरिने र क्लाउड पूर्वाधारको स्तरोन्नती गरिने जानकारी दिएका छन्।

उनले देशको आफ्नै जियोस्टेशनरी अर्बिटमा स्याटेलाइट स्थापनाको लागि आधार तयार गरिने भन्दै एआई र मेशिन लर्निङ्गको अनुसन्धान. प्रयोगका लागि निजी क्षेत्रसँग मिलेर एआई सेन्टर स्थापना गरिने घोषणा गरेका छन। यस्तै एआईको व्यवसायीक प्रयोग प्रवर्धनको लागि प्रोत्साहन गरिने बताए।

यसैगरी उनले हार्डवेयर र सफ्टवेयरमा एकरुपता ल्याउने मापदण्ड बनाईने र स्वदेशी सफ्टवेयर प्रयोगमा प्राथमिकता दिईने उल्लेख गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

१५ जेष्ठ २०८२, बिहीबार

‘End of an era’: MTV pulling plug on global music channels

१५ जेष्ठ २०८२, बिहीबार

AI training for trekking agencies begins

१५ जेष्ठ २०८२, बिहीबार