ताजा समाचार

डिजिटल पूर्वाधार विकास र डिजिटल इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन

डिजिटल पूर्वाधार विकास र डिजिटल इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन
Picture created with the support of AI. Technology Khabar
Global IME Bank

संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल पूर्वाधार विकास र डिजिटल इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको घोषणा गरेका छन्

बजेट प्रस्तुत गर्दै उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिने छ, साथै डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिहरुको खोज अनुसन्धान विकास र नवप्रवर्तनलाई जोड दिइने उनले बताए।

यसबाहेक सार्वजनिक सूचनामा जनताको सहज पहुँच कायम गरिने, प्रेस स्वतन्त्रताको प्रवर्द्धन गरी पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गरिने साथै नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने पनि अर्थमन्त्री पौडेलले घोषणा गरे।

Sajilo Visa
easy care