नेपाल दूरञ्चार प्राधिकरणको पुनर्संरचना गरिने घोषणा

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
नेपाल दूरञ्चार प्राधिकरणको पुनर्संरचना गरिने घोषणा

काठमाडौं ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल दूरञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेका छन्।

उनले सार्वजनिक सूचनामा नागरिको सहज पहुँच पुर्याउने घोषणा गर्दै  डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिने बताए।

यसैगरी डिजिटल इकोसिस्टम तयार पार्न ७४ करोड रुपैयाँ बजेट राखिएको जानकारी दिएका छन्।

“नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। यसैगरी ठूला शहरहरुमा फाइभजी सेवा संचालन गरिने छ,” उनले भने।

बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार