इन्टरनेट सेवाको घनत्व १४४ दशमलब २३ प्रतिशत पुग्यो, डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशतमा

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
इन्टरनेट सेवाको घनत्व १४४ दशमलब २३ प्रतिशत पुग्यो, डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशतमा

काठमाडौं ।

इन्टरनेट सेवाको घनत्व १४४ दशमलब २३ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्दै उक्त जानकारी दिएका हुन्।

यसैगरी देशका कुल ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच रहेको जानकारी अर्थमन्त्री पौडेलले दिए।

आजै सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदैछ। आज अपराह्न ३ः०० बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बजेट पेस गर्ने कार्यसूची छ।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार