Technology Khabar १४ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
सामसङको भेन्चर लगानी इकाइ क्यालिफोर्नियास्थित मेडिकल डिभाइस स्टार्टअप एक्सोको लगानी राउन्डमा १ सय मिलियन डलरसम्म लगानी गर्ने विचार गरिरहेको ब्लूमबर्गले जनाएको छ।
राउन्ड स्याण्ड्स क्यापिटल,बोल्ड क्यापिटल र क्युबिट हेल्थ क्यापिटलले अगुवाइ गरिरहेकोछ, समाचारमा भनिएको छ, जसअनुसार क्युबिटका अध्यक्ष इमर इश्राक एक्सोको बोर्डमा सामेल हुनेछन्।
२०१५ मा स्थापित एक्सोले आर्टिफिसियल इन्टेलिजेंस, मेडिकल इमेजिङ् र सिलिकन प्रविधि संयोजन गरी एल्ट्रासाउन्ड जस्तो फोक्सो स्क्यानिङ् वा इकोकार्डियोग्रामका लागि प्रयोग हुने पोर्टेबल मेडिकल इमेजिङ् उपकरण बनाउँछ।
उपकरण स्मार्टफोनसँग प्लगइन गरी चिकित्सकहरूले बिरामीलाई स्क्यान गर्ने, रिपोर्ट तयार गर्ने र सेयर गर्न एकै एप प्रयोग गर्न सक्छन्।
यसअघि एक्सोले आरए क्यापिटल म्यानेजमेन्ट, ब्ल्याकरक, स्याण्ड्स क्यापिटल, इन्टेल, सोनी र एभिडिटी पार्टनर्स लगायतका लगानीकर्ताबाट हालसम्म ३२० मिलियन डलरभन्दा बढी उठाइसकेको छ। कम्पनीले सन् २०२१ मा सिरिज सी राउन्डमा २२२ मिलियन डलर उठाएको थियो।
समाचार अनुसार एक्सो हाल सामसङ मेडिसन को. सँग साझेदारीको प्रस्तावमा पनि छलफलमा छ, जसले अल्ट्रासाउन्ड डायग्नोस्टिक्स र डिजिटल एक्स-रे प्रणाली उत्पादन गर्छ।
एक्सो, सामसङ, स्याण्ड्स क्यापिटल,बोल्ड क्यापिटल र क्युबिट हेल्थले टिप्पणीका लागि तुरुन्त प्रतिक्रिया नदिएका टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार