एप्पलको पहिलो स्मार्ट ग्लासेस अर्को वर्ष सार्वजनिक हुने सम्भावना

Technology Khabar १२ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

एप्पलले अर्को वर्ष आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने योजना बनाइरहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

एप्पलको आगामी स्मार्ट ग्लास क्यामरा, माइक्रोफोन र स्पिकरहरूका आउने बताइएको छ जसले यसलाई “बाहिरी संसारको विश्लेषण गर्न र सिरी भ्वाइस एसिस्टेण्ट मार्फत अनुरोधहरू प्राप्त गर्न अनुमति दिनेछ” भनि विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट छ।

त्यसका साथै एप्पलको स्मार्ट ग्लासले कल लिन, संगीत नियन्त्रण गर्न, लाइभ ट्रान्सलेसन (प्रत्यक्ष अनुवाद) गर्न र डिरेक्सनहरू प्रदान गर्न पनि सक्षम हुने बताइएको छ। यसबाहेक उक्त स्मार्ट ग्लास रे–बानको जस्तै हुने ब्लूमबर्र्गले थप उल्लेख गरेको छ।

त्यसैगरी, कम्पनीले क्यामरा र एआई सुविधाहरू भएको स्मार्टवाच सिर्जना गर्ने योजना भने त्यागेको हुन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया