एप्पलले आईफोन अमेरिकामै नबनाए २५ प्रतिशत कर लगाइने ट्रम्पको चेतावनी

  • Technology Khabar | १० जेष्ठ २०८२, शनिबार
एप्पलले आईफोन अमेरिकामै नबनाए २५ प्रतिशत कर लगाइने ट्रम्पको चेतावनी

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईफोनहरू अमेरिकामै बनाउनुपर्ने नत्र २५ प्रतिशत कर लगाइने एप्पललाई चेतावनी दिएका छन्।

“मैले एप्पलका टिम कुकलाई लामो समयदेखि जानकारी गराएको छु र अमेरिकामा बेचिने आईफोनहरू भारत वा अन्यत्र नभइ अमेरिकामा नै बन्नेछन् भन्ने विश्वास गरेको छु” अमेरिकी राष्ट्रपति ट्रम्पले भने।

“यदि यस्तो भएन भने, एप्पलले कम्तिमा २५ प्रतिशत शुल्क तिर्नुपर्छ” अमेरिकी राष्ट्रपतिले थप उल्लेख गरेका छन्।

त्यसैगरी, अमेरिकी राष्ट्रपतिले सन् २०२५ को जुन १ तारिखदेखि ईयूलाई ५० प्रतिशत कर लगाउने धम्की दिएका छन्।

अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक संजाल  ट्रुथ सोसलमार्फत एप्पललाई चेतावनी दिएको सार्वजनिक भएको हो।

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार