एप्लिकेसन

बैतडीमा घरमै पुगेर राष्ट्रिय परिचियपत्र र नागरिकता वितरण

बैतडीमा घरमै पुगेर राष्ट्रिय परिचियपत्र र नागरिकता वितरण
Global IME Bank

जिल्ला प्रशासन कार्यालय बैतडीले दुर्गमको गाउँपालिकामा पुगेर करिब पाँच सेवाग्राहीलाई नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गाउँपालिकामै सेवा दिन जिल्ला प्रशासनको टोली वैशाख २७ देखि जेठ २ गतेसम्म सिगास गाउँपालिकाको केन्द्र गर्जेमा खटिएको प्रमुख जिल्ला अधिकारी दोर्घराज उपाध्यायले बताए।

सो अवधिमा ३२७ जनाले राष्ट्रिय परिचयपत्र र १५७ जना ज्येष्ठ नागरिक र अशक्त व्यक्ति गरेर ४८४ जनाले सेवा पाएका छन्। सेवाका वरिपरि नागरिक होइन, नागरिकका वरिपरि सेवा पुयाउने उद्देश्यले गाउँपालिकासँग समन्वय गरेर टोली खटिएको प्रमुख जिल्ला अधिकारो उपाध्यायले बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care