
काठमाडौं ।
चीनले प्रविधि कम्पनीहरूलाई विदेशी बजारमा सूचीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले अझ प्रभावकारी, पारदर्शी र पूर्वानुमानयोग्य नियामकीय वातावरण उपलब्ध गराउने भएको छ।
चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी) का प्रमुख जोखिम अधिकृत यान बोजिनले बिहीबार एक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार सूचीबद्ध कम्पनीहरूले उठाएको पूँजी मुख्य व्यापारिक प्रयोजनमा खर्च होस् भनेर सुनिश्चित गर्न कोषको सुरक्षालाई अझ सुदृढ बनाइने रोयटर्सले उल्लेअ गरेको छ।
चीनले हाल अमेरिकी प्रविधिमा लगाइएको नियन्त्रणका बीच प्रविधिमा आत्मनिर्भरता हासिल गर्न आफ्नो प्रयास तीव्र बनाएको छ, जुन चीन र अमेरिकाबीचको बढ्दो भू-राजनीतिक तनावसँग सम्बन्धित छ।
सीएसआरसीले नाफा नभएका तर उच्च गुणस्तरका प्रविधि कम्पनीहरूलाई आईपीओ जारी गर्न सहयोग पुर्याउने प्रयास अझ बढाउने यानले बताए।
त्यस्तै आयोगले शाङ्घाईको प्रविधिमा केन्द्रित स्टार बजार र शेन्जेनको चाइनेक्स्ट बोर्डमा सुधारलाई थप गहिरो बनाउनेछ, र प्रविधि क्षेत्रका उच्च गुणस्तरका ‘रेड चिप’ कम्पनीहरूलाई स्वदेशमै सूचीकरण गर्न प्रोत्साहित गर्नेछ।
हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध तर चीनको मुख्य भूमिमा स्वामित्व सम्बन्ध भएका कम्पनीहरूलाई सामान्यतया ‘रेड चिप’ भनिन्छ।
प्रकाशित: ९ जेष्ठ २०८२, शुक्रबार