Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
ह्वावेले एउटा नयाँ सुपर–थिन (पातलो) ल्यापटप प्रस्तुत गरेको छ जसको मोटाई धेरै स्मार्टफोनहरूसँग तुलना गर्न सकिने उल्लेख गरिएको छ।
ह्वावेको नयाँ मेटबुक फोल्ड ल्यापटपमा ओएलईडी स्क्रिन रहेको छ जसको मोटाई खुला हुँदा ७.३ मिमी र बन्द गर्दा १४.९ मिमी हुन्छ।
तुलनात्मक रुपमा, लेनोभो थिङ्कप्याड एक्स१ फोल्ड ल्यापटपको मोटाई (थिकनेस) खुला हुँदा ८.६ मिमी र बन्द गर्दा १७.४ मिमी हुन्छ। यद्यपि, त्यो मोडेलको विपरीत, मेटबुक फोल्ड हाल चीनमा लगभग ३,३०० अमेरिकी डलरको मूल्यमा उपलब्ध हुने उल्लेख गरिएको छ।
मेटबुक फोल्डमा १८–इन्चको डिस्प्ले प्रयोग गरिएको छ, जुन ९०–डिग्री कोणमा फोल्ड हुन्छ भने १३–इन्चको टप स्क्रिन बनाउँदै भौतिकको सट्टा डिजिटल किबोर्डको साथ परम्परागत ल्यापटपको नक्कल गर्ने बताइएको छ।
यो डिभाइसको तौल केवल १.१६ किलोग्राम रहेको छ भने यसले ३.३के (३,२९६ ह २,४७२ पिक्सेल) को रेजोल्युसन भएको ओएलईडी डिस्प्ले प्रयोग गर्दछ जसको अधिकतम ब्राइटनेस १,६०० निट्स सम्म पुग्ने उल्लेख गरिएको छ। त्यसैगरी ल्यापटप ३२ जीबी सम्मको र्याम र २ टीबी इन्टर्नल स्टोरेजको साथ आउने बताइएको छ।
यो ल्यापटपले पीसीहरूको लागि ह्वावेको हर्मनीओएस ५ अपरेटिङ सिस्टमको साथ डेब्यू गरेको छ। ह्वावेले सुरुमा हर्मनीओएस एन्ड्रोइडको लागि लन्च गरेको थियो तर पछि अमेरिकी प्रतिबन्धका कारण मार्चमा माइक्रोसफ्ट विन्डोजमा पहुँच गुमाएपछि कम्प्युटरहरूमा अपरेटिङ सिस्टम ल्याएको बताइएको छ। यो अपरेटिङ सिस्टम नयाँ मेटबुक प्रो मोडेलमा पनि उपलब्ध हुने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार