Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
ह्वावेले भर्खरै मेटबुक फोल्ड अल्टिमेट सहित धेरै नयाँ र इनोभेटिभ ग्याजेटहरूको घोषणा गरेको छ। मेटबुक फोल्ड अल्टिमेट ह्वावेको पहिलो फोल्डेबल ल्यापटप हो। यस बाहेक, ब्राण्डले मेटबुक प्रो भनिने थप परम्परागत फ्ल्यागशिप ल्यापटप पनि अनावरण गरेको छ।
ह्वावे मेटबुक प्रोको स्पेसिफिकेसनः
चिनियाँ टेक जायन्टले प्रिमियम अल्ट्रा थिन र लाइटवेट (हल्का तौल) भएको मेटबुक प्रोको घोषणा गरेको छ। यसको मोटाई केवल १३.५ मिमी र तौल ९७० ग्राम रहेको छ। यो म्याकबुक एयर भन्दा पनि हल्का भएको बताइएको छ। फेदरवेट बडी भए पनि यसको चेसिस माइक्रो–भेलभेट टेक्सचर्ड एल्युमिनियम प्रयोग गरेर बनाइएको छ। ह्वावेको पछिल्लो ल्यापटपमा फोम कपर भीसी कूलिङ टेक्नोलोजी रहेका छ जसले ४० वाटको पर्फमेन्स आउटपुट ह्यान्डल गर्न थर्मल व्यवस्थापनमा सुधार गर्दछ।
मेटबुक प्रोमा ३.१के रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट र १००० निट्स पीक ब्राइटनेस भएको १४.२ इन्चको ओएलईडी डिस्प्ले रहेको छ। ह्वावेले यसको नानो–एचिङ्ग र नानो–म्यागनेटिक कोटिङ्गसको साथ ९९ प्रतिशत ग्लेयर रिडक्सन र प्रभावशाली ९३ प्रतिशत स्क्रिन टु बडी रेसियो प्रदान गर्दछ। अडियोको लागि मेटबुक प्रोमा इमर्सिभ साउण्ड (ध्वनि) को लागि सिक्स–स्पीकर युएझाङ प्रणाली समावेश गरिएको छ।
मेटबुक प्रोमा ७० वाटको ब्याट्री प्याक समावेश गरिएको छ भने त्यसको ब्याट्री लाइफ १०.२ घण्टासम्मको रहेको ह्वावेले दाबी गरेको छ। यसले १४० वाटसम्मको फास्ट चार्जिङलाई पनि समर्थन गर्नुका साथै अन्य डिभाइसहरूमा ६६ वाट रिभर्स चार्जिङ पनि समर्थन गर्ने बताइएको छ। यसको नयाँ सुविधाहरूमध्ये, मेटबुक प्रो विभिन्न एआई संचालित टुल्स (उपकरणहरू) को साथ हार्मोनीओएस ५ प्लेटफर्ममा रन गर्ने उल्लेख गरिएको छ। यसमा डकुमेण्ट समरिज (सारांश), भ्वाइस वा टेक्स्ट कमाण्डका साथै अन्य थपको लागि सियाओई एआई एसिस्टेन्ट समावेश रहेका छन्। हार्मोनीओएसले सिमलेस मल्टिप्लेटफर्म कनेक्टिभिटीको साथ ह्वावेको हार्मोनीओएस प्लेटफर्ममा सिमलेस सिङ्किङ पनि ल्याएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार