Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
आईफोन १७ एयर यस वर्षको सेप्टेम्बर महिनामा आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्ससँगै आईफोन १६ प्लसको अप्रत्यक्ष उत्तराधिकारीको रूपमा लन्च हुने हल्ला छ।
आईफोन १७ एयरले आइफोन १६ प्लसलाई प्रतिस्थापन गर्ने अफवाह चलिरहेको अवस्थामा आईफोन १६ प्लससँग आईफोन १७ एयरको तुलना गरिएको तस्बिरहरू एक्समा लीक भएका छन्।
प्लस मोडेलहरूको वर्षौंदेखि चार मुख्य आईफोन रिलीजहरूमध्ये सबैभन्दा खराब बिक्री भएको बताइएको छ र त्यसैले एप्पलले आईफोन १६ प्लसलाई आईफोन १७ एयरले प्रतिस्थापन गर्न लागेको उल्लेख गरिएको छ। त्यसैगरी आईफोन १७ एयरको पातलोपनले धेरै मानिसहरूलाई यो मोडेल किन्न प्रेरित गर्ने आशा गरिएको छ।
आईफोन १७ एयर केवल ५।५ मिमी (वा ५।६५ मिमी) पातलो हुने र यसमा सानो २,८०० एमएएच ब्याट्री समावेश गरिने हल्ला रहेका छन्। यो ब्याट्री सामसङ ग्यालेक्सी एस२५ एजको ३,९०० एमएएच सेल भन्दा पनि धेरै सानो हुने बताइएको छ। त्यसका साथै एप्पलले ब्याट्री केस पनि बिक्रि गर्ने बताइएको छ।
आईफोन १७ एयरको तौल १४५ ग्राम हुने भनिएको छ भने सामसङको तौल १६३ ग्राम रहेको छ। त्यसैगरी आईफोनको पछाडिको भागमा एस२५ एजको दुई क्यामराको तुलनामा एउटा मात्र क्यामरा हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार