Technology Khabar ४ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघमा भएको विवादसँगै क्यान महासंघका अध्यक्ष सुनैना पाण्डेले आज राखेको कार्यसमिति बैठक अवैधानिक भएको भन्दै महासचिव चन्द्र विलास भुर्तेलले प्रेस विज्ञप्तीमार्फत गम्भिर ध्यानाकर्षण गराएका छन्।
महासचिवको हस्ताक्षरयुक्त प्रेस विज्ञप्तीमा आज जेठ ४ गते छैठौं कार्यसमितिको बैठक संचालन हुनु अगावै त्यस बैठकमा अध्यक्ष आफैँले कार्य सूची तयार गरि बैठक संचालन गर्न खोजेको आरोप लगाईएको छ।यसैगरी कयौं कार्यहरू विधान सम्मत नभएको समेत उल्लेख छ।
प्रेस विज्ञप्तीमा पदाधिकारीको बैठक ६० दिन हुँदा सम्म नराखेको, निर्वाचन जस्तो संवेदनशील बिषय आफैँले संचालन गर्ने नियतले छोटो समयमा केन्द्रिय समितिका पदाधिकारी एवं सदस्यहरूलाई अस्पष्टता हुने गरि, बाटो म्याद समेत नराखी अवैधानिक कृयाकलाप अध्यक्षले गर्न खोज्दा महासचिवले विधान सम्मत कार्य गर्न पटक पटक अवगत गराउँदा गराउँदै पनि बिधानको पालना हुन नसक्ने अवस्था अध्यक्षले सृजना गरेको भन्दै सोही कारणले महासचिवद्वारा पदाधिकारीहरूसंगको राय पश्चात बैठक स्थगित गरेको भनिएको छ।
“यसकारण महसचिवले केन्द्र समितिका सदस्यहरूसंग औपचारिक छलफल गरे पश्चात मात्र कार्यसमितिको बैठक तोकिने व्यहोरा जानकारी यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदछौं । अत यसअघि बिधानको बर्खिलाप भए गरेका/ हुने सम्पूर्ण संस्थाका कृयाकलापहरू अबैधानिक रहेको व्यहोरा समेत जानकारी गराउँदछौं। विधान र प्रचलित कानुनको पालना गर्नु कार्यसमितिको नितान्त जिम्मेवारी भएको कुरा सचेत गराउँदछौं,” टेक्नोलोजीखबरलाई पठाईएको प्रेस विज्ञप्तीमा भनिएको छ।
यसैगरी आजको बैठक स्थगित भएको भन्दै आजको मितिमा कुनै पनि निर्णय नभएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
यसअघि आज क्यान महासंघ अध्यक्ष पाण्डेले वरिष्ठ उपाध्यक्षसहितका केहि पदाधिकारी चयन गर्ने भन्दै कार्यसमिति बैठक राखेकी थिईन्। जसमा विवाद उत्पन्न भएको थियो।
सम्बन्धित समाचार-
हेर्नुस महासचिवले जारी गरेको विज्ञप्ती

प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार