अमेरिकी विद्यार्थीहरूले बनाए ०.१०३ सेकेन्डमा रुबिक्स क्युब समाधान गर्ने रोबोट

Technology Khabar ५ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

इन्डियानाको पड्र्यू विश्वविद्यालयका विद्यार्थीहरूको टोलीले ०.१०३ सेकेन्डको रेकर्ड समयका साथ रुबिक्स क्युब समाधान गर्न सक्ने रोबोट बनाएका छन्।

वेस्ट लाफायेटका इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरू म्याथ्यू पेट्रोहे, जुनपेई ओटा, एडेन हर्ड र एलेक्स बर्टाले स्कूलमा एक सहकार्य कार्यक्रम मार्फत भेटेर आफ्नै पजल–समाधान गर्ने रोबोट डिजाइन गर्न मिलेर काम गरेको र त्यसलाई उनीहरूले “पुरडुबिक” नाम दिएको उल्लेख गरिएको छ।

“हामी १०३ मिलिसेकेन्डमा समाधान गर्छौं” पड्र्यूको वेबसाइटमा रहेको एक लेखमा प्याट्रोहेले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

“मानिसको आँखा झिम्काउन लगभग २०० देखि ३०० मिलिसेकेन्ड लाग्छ। तर हामीले त्यो भन्दा छिटो समयमा, हामीले यसलाई समाधान गरिसकेका हुन्छौं” उन थप उल्लेख गरे।

त्यसैगरी अघिल्लो रेकर्ड सन् २०२४ मा मित्सुबिशी इलेक्ट्रिक कर्पोरेशनको कम्पोनेन्ट म्यानुफ्याक्चरिङ इन्जिनियरिङ सेन्टरद्वारा निर्मित रोबोटले ०.३०५ सेकेन्ड – वा ३०५ मिलिसेकेन्डको समयमा रुबिक्स क्युब समाधान गर्दै रेकर्ड राखेको थियो।

भिडियो हेर्नुहोस्:

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया