चिनियाँ मिडिया आउटलेट ग्लोबल टाइम्सको ‘एक्स’ ह्यान्डल भारतमा प्रतिबन्धित

  • Technology Khabar | ३१ बैशाख २०८२, बुधबार
चिनियाँ मिडिया आउटलेट ग्लोबल टाइम्सको ‘एक्स’ ह्यान्डल भारतमा प्रतिबन्धित
Social Media Platform X Logo. Freepik.com

काठमाडौं ।

चीनको मिडिया आउटलेट ग्लोबल टाइम्सलाई भारतले देश भित्र प्रतिबन्ध लगाएको छ। भारत-पाकिस्तान सैन्य वार्ताको केही दिन पछि यो निर्णय गरिएको हो। ग्लोबल टाइम्सले भारतको बारेमा गलत जानकारी फैलाइरहेको भन्दै आज बुधबार, मे १४ मा, भारतले ग्लोबल टाइम्सको आधिकारिक एक्स ह्यान्डल ब्लक गरेको छ।

इकोनोमिक टाइम्सको रिपोर्टअनुसार ग्लोबल टाइम्सले लामो समयदेखि भारतको बारेमा गलत समाचार फैलाउँदै आएको उल्लेख छ।

अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गर्ने चीनको प्रयासलाई भारतले स्पष्ट रूपमा अस्वीकार गरेको बेला यो कदम चालिएको हो।

भारतले भन्यो, ‘यस्ता तुच्छ प्रयासहरूले राज्य (अरुणाचल प्रदेश) भारतको अभिन्न अंग थियो, छ र रहनेछ भन्ने निर्विवाद वास्तविकतालाई परिवर्तन गर्दैन।’

छिमेकी देशले तिब्बतको दक्षिणी भाग भएको दाबी गरेको अरुणाचल प्रदेशका केही ठाउँहरूको लागि बेइजिङले चिनियाँ नाम घोषणा गरेपछि नयाँ दिल्लीको यो प्रतिक्रिया आएको हो।

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार