अनर ४०० सिरिजले “फोटो टु भिडियो” एआई सुविधा प्रस्तुत गर्दै

Technology Khabar १ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

अनरको “फोटो टु भिडियो” सुविधा नयाँ अनर ४०० र अनर ४०० प्रो सिरिजका फोनहरूसँग डेब्यू हुने घोषणा गरिएको छ।

अनरले कृत्रिम बुद्धिमत्ताको साथ “फोटो टु भिडियो” सुविधा गुगल क्लाउड सँगको सहकार्यमा विकसित गरेको हो।

यो सुविधाले प्रयोगकर्ताहरूको स्थिर तस्बिरहरूलाई सर्ट एआई–जेनेरेटेड (छोटो एआई–उत्पन्न) भिडियोहरूमा रूपान्तरण गर्नेछ। साथै यसले पुराना सम्झनाहरूलाई जीवन्त बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ।

सबै कुराहरू “ग्यालरी” एप्लिकेसनमा एकीकृत गरिनेछ भने प्रयोगकर्ताहरूले स्क्रिनको टप (शीर्ष) मा “एआई ईमेज टु भिडियो” आइकन पाउने-देख्न सक्ने छन्।

अनरले ४०० सिरिजलाई “यसको मूल्य खण्डमा सबैभन्दा राम्रो उत्तम एआई क्यामरा फोन” बनाउने लक्ष्य राखेको बताइएको छ।

स्मार्टफोन निर्माताले बाह्य एप्लिकेसनहरूको आवश्यकता बिना यस्तो फङ्गसन प्रदान गरेको यो पहिलो पटक भएको हुनाले यो एक महत्त्वपूर्ण कदम भएको बताइएको छ।

मानक र प्रिमियम मोडेलहरूका साथ अनरको नयाँ फोन मे २२ तारिखमा लन्डनमा एक आधिकारिक कार्यक्रममा अनावरण हुने अपेक्षा गरिएको छ।
त्यसैगरी अनरले भविष्यमा म्याजिक७ प्रो र म्याजिक भी३ जस्ता फ्ल्यागशिप मोडेलहरूमा पनि यो सुविधा ल्याउन सक्ने सम्भावनाको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया