दुर्घटना न्यूनीकरणका लागि गुलरिया बजारमा सीसीटीभी क्यामरा जडान

  • Technology Khabar | २४ बैशाख २०८२, बुधबार
दुर्घटना न्यूनीकरणका लागि गुलरिया बजारमा सीसीटीभी क्यामरा जडान
फाइल तस्बिर

काठमाडौं ।

बर्दियामा बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राख्दै गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामरा जडान गरेको छ।

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका प्रवेश गर्ने मुख्यद्वारका रूपमा चिनिएको गुलरिया नेपालगन्ज मुख्य सडक अन्तर्गत भादापुलमा अत्याधुनिक सीसी क्यामरा जडान गरिएको हो।

सडकमा आवतजावत गर्ने सवारीसाधनको नम्बर प्लेट रिड गर्न सक्ने र त्यसको फोटोसमेत खिच्न सक्ने किसिमको सीसी क्यामरा जडान गरिएको हो।

मंगलबार सीसी क्यामराको उद्घाटन गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले उक्त सडकखण्डमा सवारीसाधनको निगरानी गर्नका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेर अत्याधुनिक प्रविधियुक्त सीसी क्यामरा जडान गरिएको बताए।

अपराधका विषयवस्तु प्रविधिमैत्री हुँदै गएपछि अपराध गर्ने शैली पनि परिवर्तन हुँदै गएकाले अपराध नियन्त्रणमा पनि प्रविधिमैत्री हुँदै जानुपर्ने र यस्ता प्रविधिले अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार