एप्पलको पहिलो फोल्डेबल आईफोन सबैभन्दा हाई–इण्ड आईफोनको रूपमा प्रस्तुत गरिने

  • Technology Khabar | २४ बैशाख २०८२, बुधबार
एप्पलको पहिलो फोल्डेबल आईफोन सबैभन्दा हाई–इण्ड आईफोनको रूपमा प्रस्तुत गरिने

काठमाडौं ।

एप्पलको पहिलो फोल्डेबल आईफोन सन् २०२६ को उत्तरार्धमा हुने कम्पनीको ठूलो लन्च कार्यक्रममा प्रस्तुत गरिने अनुमान गरिएको छ जुन सम्भवतः अर्को वर्षको सेप्टेम्बरमा हुने सम्भावना रहेको छ।

एप्पलले फोल्डेबल आईफोनलाई गुगल र सामसङले गरिरहेको जस्तो विशेष संस्करणको रूपमा नभएर कम्पनीको सबैभन्दा हाई–इण्ड आईफोनको रूपमा प्रस्तुत गर्ने बताइएको छ।

फोल्डेबल आईफोनलाई आफ्ना प्रतिस्पर्धीहरूबाट अलग गर्नको लागि एप्पलले दुई प्रमुख कारकहरूमा शर्त लगाउने उल्लेख गरिएको छ। डिभाइसको फोल्डेबल स्क्रिनको क्रिज लगभग अदृश्य हुनेछ। एप्पलले कुनै न कुनै रूपमा क्रिजलाई अझ अदृश्य बनाउनेछ। त्यसपछि, कम्पनीले सम्भवतः यो सामसङ डिस्प्ले–निर्मित उत्पादनलाई आफ्नै आविष्कारको रूपमा प्रस्तुत गर्नेछ।

त्यसैगरी एप्पलको फोल्डेबल आईफोनको हिञ्ज यसको प्रतिस्पर्धीहरूको भन्दा “धेरै उच्च–गुणस्तरको” हुनेछ। यस विषयमा ब्लूमबर्गमा मार्क गर्मनको पछिल्लो रिपोर्टमा थप व्याख्या नगरिएको भए पनि सम्भवतः तरल धातुको प्रयोग गरिने अफवाह रहेको छ।

परियोजनामा संलग्न केही व्यक्तिहरूले “यसको जटिलताको कारणले” गर्दा डिभाइसको विकास पछाडि पर्न सक्ने “थोरै सम्भावना” रहेको खुलासा गरेका छन् भने पहिलो फोल्डेबल आईफोन सन् २०२७ मा जारी गरिने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार