रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेको टिप्पणी- एआईलाई सञ्चार मन्त्रालयमा कैद गरियो

  • Technology Khabar | २३ बैशाख २०८२, मंगलवार
रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेको टिप्पणी- एआईलाई सञ्चार मन्त्रालयमा कैद गरियो

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई सञ्चार मन्त्रालयमा कैद गरिएको आरोप लगाएका छन्।

आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को लागि नेपाल सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद वाग्लेले एआईलाई सिमित घेरामा राखिएको र कर्मचारीको नेतृत्वमा ल्याएईको बताए।

“यसपाली कृत्रिम बौद्धिकता (एआई)को बारेमा दुई चार लाईन खर्च गरिएको छ, तर त्यसलाई सञ्चार मन्त्रालयमा कैदमा राखिएको छ। विचरा सञ्चार मन्त्रीलाई त्यो जाबो ७ अर्बको खर्च छ त्यहाँ भित्र एउटा उपसचिवले हेर्ने गरेर यसो एआई डिभिजन राखिदिएको छ,’ उनले भने ‘हामीलाई चाहिएको छ अहिले एआईमा सातै अर्बको लगानी ताकि त्यो ७ अर्बको सरकारी लगानीले ७० अर्बको अर्को निजी लगानी भित्र्याओस् क्राउडिङ्ग इन गरोस्।’

यसैगरी डा. वाग्लेले क्षेत्रगत हेर्दा विभिन्न कुराहरु गुम्ने बताए।

“तर यो सेक्टोरल हेर्दाखेरी मिस हुने रहेछ। अनि त्यो एआईमा फड्को मार्नका लागि शिक्षा प्रणाली गाँसिएको छ, शिक्षामा पोषण स्वास्थ्यका कुरा गाँसिएको हुन्छ। तर सिनर्जी मिस हुने।”

उनले अन्य क्षेत्रमा पनि समन्वयन नदेखिएको बताए। सांसद वाग्लेले आफूहरु २०८४ मा सरकारमा आएको खण्डमा विभिन्न कार्यालयहरुलाई प्रधानमन्त्री कार्यालयमा गाभेर यस्ता (वार्षिक नीति तथा कार्यक्रम) डकुमेन्टहरु बनाउने जानकारी दिए।

सांसद वाग्लेले नीति तथा कार्यक्रममा सबै कुरा नराम्रा नभएपनि ‘स्केल’ र ‘एम्बिसन’को कुरा गर्दा महत्वपूर्ण नभएको बताए।

प्रकाशित: २३ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २३ बैशाख २०८२, मंगलवार