आर्टिफिसियल इन्टेलिजेन्स

एआई र मोडलको सहायतामा दिवंगत शिक्षकलाई समावेश गर्दै बीबीसीद्वारा नयाँ मास्टरक्लास घोषणा

एआई र मोडलको सहायतामा दिवंगत शिक्षकलाई समावेश गर्दै बीबीसीद्वारा नयाँ मास्टरक्लास घोषणा
Global IME Bank

बीबीसीले हालै आफ्नो माएस्ट्रो शृंखलामा पहिलो पटक दिवंगत शिक्षकलाई समावेश गर्दै नयाँ मास्टरक्लास घोषणा गरेको छ। यो मास्टरक्लास रहस्यमय उपन्यास लेखनमा विश्वकै सबैभन्दा बिक्री हुने स्वर्गीय लेखिका अगाथा क्रिस्टीद्वारा प्रस्तुत हुनेछ। तर कसरी?

सन् १९७६ मा निधन भएकी क्रिस्टिको लेखन सल्लाह अब ४के भिडियोको माध्यमबाट ११ पाठहरूमा सिक्न सकिनेछ। यस नवीन प्रयासमा एआईको प्रयोगले चासो र चिन्ता दुवै निम्त्याएको छ।

क्रिस्टिको रूप-स्वरूपलाई लाइसेन्स प्राप्त तस्बिर, सीमित भिडियो फुटेज, अडियो रेकर्डिङहरू र अभिनेतृ विवियन कीनको प्रदर्शनको संयोजनबाट पुनः सिर्जना गरिएको हो। कीनले सार्वजनिक रूपमा उनले क्रिस्टिको अभिनय मात्रै गरिरहेकी र यसले परियोजनालाई पारदर्शी बनाएको बताएका छन्।

अहिलेका धेरै लेखक, सम्पादक र सर्जकहरूले एआईका कारण रोजगारीको अवसर गुमाउने वा आफ्नो सामग्री अनुमति बिना एआई तालिममा प्रयोग गरिनुजस्ता चुनौतीहरू भोगिरहेका सन्दर्भमा बीबीसीको यस्तो सचेत प्रयोग उल्लेखनीय रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

बीबीसीका अनुसार यस कोर्सका सबै सल्लाह, टिप्स र सूचनाहरू क्रिस्टिकै लेख, नोटहरू र अभिलेखीय अन्तर्वार्ताबाट लिइएका हुन्, जसलाई क्रिस्टि विशेषज्ञहरू — डा. मार्क एल्ड्रिज, मिशेल काजमर, ग्रे रोबर्ट ब्राउन र जेमी बर्नथल-हूकरले संकलन गरेका छन्। क्रिस्टि प्रतिष्ठानले पनि यस्तै खालको सर्त राखेको थियो कि कुनै पनि सामग्री कल्पनामा आधारित हुनु नपरोस्, र एआईले खाली ठाउँ भरिएको वा सल्लाह बनाइएको नहोस्।

इन्ग्याजेटका अनुसार मास्टरक्लास शैलीमा सञ्चालित बीबीसी माएस्ट्रो मासिक १० डलरमा उपलब्ध हुन्छ र यसले हाल ४० भन्दा बढी कोर्सहरू समेटिरहेको छ। तर यो विशेष कोर्समा १०० भन्दा बढी व्यक्तिहरू (एआई रेण्डरिङ विशेषज्ञ, ध्वनि इन्जिनियरहरू आदि) को योगदान रहेको थियो जसले “मर्डर अन द ओरियन्ट एक्सप्रेस” र “द माउसट्र्याप” लेख्ने महान् लेखिकाको विश्वसनीय पुनःनिर्माण सुनिश्चित गर्‍यो।

लण्डनको ग्ल्यामरस क्ल्यारिड्जेस होटलमा आयोजित प्रश्नोत्तर कार्यक्रममा डा. एल्ड्रिजले ए मर्डर्ज अनाउन्ड लेख्दा सुरुमा क्रिस्टिको मनसाय अर्कै पात्रलाई हत्यारा बनाउने रहेको खुलासा गरे। यस्तो जानकारी पाठशालामा समेटिएको छ, जसले सिक्नेहरूलाई उनको लेखन प्रक्रिया बुझ्न थप सघाउँछ।

यस कोर्सको प्रारम्भिक अवलोकन गर्नेहरूका अनुसार केही ‘अनक्यानी भ्याली’ झल्को (विशेष गरी आँखामा) देखिए पनि प्रस्तुति प्रभावशाली छ। बीबसी माएस्ट्रोका सीईओ माइकल लेविनका अनुसार सुरुमा सोचिएकोभन्दा निकै बढी प्रविधिगत विकासले टीमलाई सहयोग पुर्‍याएको छ। लेविनले ठट्टा गर्दै भने, “क्रिस्टिका पुस्तकहरूलाई बिक्रीमा टक्कर दिने भनेका शेक्सपियर र बाइबल मात्रै हुन्।” तर हाल माएस्ट्रोमा अन्य दिवंगत विशेषज्ञहरूलाई समावेश गर्ने योजना भने छैन।

Sajilo Visa
easy care