ई-कमर्स अमेजन र फ्लिपकार्टको अनुसन्धानमा एप्पल र शाओमीलाई भारतीय एजेन्सीले सोधपुछ गर्ने

Technology Khabar १८ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

ई-कमर्स कम्पनीहरू अमेजन र फ्लिपकार्टमाथिको आफ्नो अनुसन्धानमा, भारतको वित्तीय अपराध अनुसन्धान एजेन्सी ‘प्रवर्तन निर्देशनालय (ईडी)’ ले अमेरिकी डिभाइस निर्माता एप्पल र चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीबाट बिक्रीसँग सम्बन्धित डाटा र अन्य कागजातहरू मागेको छ।

एजेन्सीको छानबिन भारत र संयुक्त राज्य अमेरिका व्यापार सम्झौताको नजिक पुगेको पृष्ठभूमिमा आएका छन्। एक भारतीय अधिकारीका अनुसार, भारतमा संरक्षणवादी ई-कमर्श नियमहरू ती छलफलहरूको हिस्सा भएका छन्, किनकि अमेरिकी अधिकारीहरूले लामो समयदेखि यस क्षेत्रलाई खुला गर्न आह्वान गर्दै आएका छन्।

अमेजन र फ्लिपकार्टको व्यापारिक अभ्यासहरूमा ईडीको अनुसन्धानको क्रममा एप्पल र शाओमीलाई सोधपुछ गरिएको रोयटर्सको एक रिपोर्टले यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ।

यी ई-कमर्स कम्पनीहरूलाई उनीहरूको प्लेटफर्ममा सूचीबद्ध सामानहरूको भण्डारण र नियन्त्रण गरेको आरोप लगाइएको छ र वर्षौंदेखि अनुसन्धान गर्दै आएको छ। भारतको कानून अन्तर्गत, विदेशी ई-कमर्स कम्पनीहरूलाई त्यसो गर्न प्रतिबन्ध लगाइएको छ। यी कम्पनीहरूले केवल खरीदकर्ता र विक्रेतालाई जोड्ने बजारको रूपमा काम गर्न सक्छन्।

ईडीले एप्पल र शाओमी लगायतका स्मार्टफोन कम्पनीहरूलाई पत्र लेखेर उनीहरूको अनलाइन बिक्रीसँग सम्बन्धित डाटा मागेको छ। एक उद्योग स्रोतले भनेअनुसार, ईडीले यी स्मार्टफोन कम्पनीहरूको अमेजन र फ्लिपकार्टसँगको कारोबारको छानबिन गरिरहेको छ।

एप्पलले मार्चमा यस सम्बन्धमा ईडीबाट निर्देशन प्राप्त गरेको थियो।

भारतका साना व्यापारीहरूले यस्ता गोप्य अभ्यासहरूका साथै अनलाइन बिक्रीमा हुने भारी छुटले मोबाइल फोन स्टोरहरूमा व्यवसायलाई बाधा पुर्याएको आरोप लगाउँदै आएका छन, तर अमेजन र फ्लिपकार्टले सबै भारतीय कानूनहरूको पालना गरेको दाबी गरेका छन्।

रिपोर्टअनुसार, भारतको ई-रिटेल बजार २०२८ सम्ममा १६० अर्ब डलर (लगभग भारु. १३,६२,५९० करोड) नाघ्ने अनुमान गरिएको छ।

प्रकाशित: १८ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया