अत्याधुनिक फ्ल्यागशिप क्यामरा स्मार्टफोन नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशनको घोषणा

Technology Khabar १७ बैशाख २०८२, बुधबार

काठमाडौं ।

नुबियाले आधिकारिक रूपमा अर्को पुस्ताको फ्ल्यागशिप क्यामरा स्मार्टफोन घोषणा गरेको छ। नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशन अत्याधुनिक स्पेक्स र सुविधाहरू सहितको प्रिमियम स्मार्टफोन भएको बताइएको छ। यस स्मार्टफोनमा बजारमा उपलब्ध सबैभन्दा फास्ट (तिव्र) चिप्स मध्ये एक, उन्नत क्यामरा हार्डवेयर र अन्य धेरै सुविधाहरू समावेश गरिएको छ।

नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशनको स्पेक्स र सुविधाहरूः
नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशन आधिकारिक रूपमा १.५के रिजोल्युसन, १४४हर्ज रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई पी३ कलर गामट र २००० निट्स सम्मको पीक ब्राइटनेस भएको ६.८५ इन्चको अग्लो बीओई क्यू९+ ओएलईडी डिस्प्लेको साथ प्रस्तुत गरिएको छ। स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८ एलिट चिप समावेश गरिएको छ जुन बजारमा उपलब्ध सबैभन्दा तिव्र एन्ड्रोइड चिपहरू मध्ये एक भएको बताइएको छ। यो प्रोसेसर २४जीबी एलपीडीडीआर५एक्स र्याम र १टीबी यूएफएस ४.० स्टोरेजसँग जोडिएको छ।

स्मार्टफोनमा रहेको ६,६००एमएएच ब्याट्री प्याकले ८०वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। स्मार्टफोनको पछाडि ट्रिपल क्यामरा सेटअप समावेश गरिएको छ। यसमा ५० मेगापिक्सेलको कस्टम लाइट एण्ड स्याडो मास्टर ९९० ओम्निभिजन १÷१.३ इन्चको मुख्य क्यामरा, ५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल ओम्निभिजन ओभी५०डी लेन्स र ६४ मेगापिक्सेलको ओम्निभिजन ओभी६४बी पेरिस्कोप्रे टेलिफोटो १÷२ इन्चको शूटर समावेश छन्। त्यसैगरी, अगाडि १६ मेगापिक्सेलको ओम्निभिजन ओभी१६ए १क्यू अन्डर–डिस्प्ले सेल्फी क्यामरा रहेको छ।

स्मार्टफोनमा उपलब्ध कस्टमाइज्ड प्रोफेस्नल (अनुकूलित व्यावसायिक) फोटोग्राफी किटले यसलाई अझ विशेष बनाएको बताइएको छ। यसमा टी–माउन्ट एडाप्टर र ६७एमएम फिल्टरहरूलाई समर्थन गर्ने एडाप्टर रिङ समावेश छ। यसले प्रयोगकर्ताहरूलाई आफ्नो फोन लेन्समा एनएफ फिल्टर वा पोलाराइजरहरू थप्न अनुमति दिनेछ।

वास्तविक क्यामरा अनुभवको लागि, फोटोग्राफी किटमा सोल्डर स्ट्राप र चुम्बकीय सक्शन फङ्गसन पनि समावेश गरिएको छ। अन्य उल्लेखनीय सुविधाहरूमा डीटीएसःएक्स अल्ट्रासहितको डुअल स्पिकरहरू, पानी र धुलो प्रतिरोधको लागि आईपी६८ + आईपी६९ रेटिङ, वाईफाई ७, ब्लुटुथ ५.४ र एनएफसी समावेश रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

मूल्य निर्धारण र उपलब्धताः
नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशन धेरै स्टोरेज कन्फिगरेसनहरूमा घोषणा गरिएको छः
१२जीबी + २५६जीबी – ४,५९९ युआन (लगभग ६३१ अमेरिकी डलर)
१६जीबी + ५१२जीबी – ४,९९९ युआन (लगभग ६८५ अमेरिकी डलर)
१६जीबी + १टीबी – ५,५९९ युआन (लगभग ७६८ अमेरिकी डलर)
२४जीबी + १टीबी – ६,२९९ युआन (लगभग ८६४ अमेरिकी डलर)
फोटोग्राफी किट – ८९९ युआन (लगभग १२३ अमेरिकी डलर)

प्रकाशित: १७ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया