के तपाईँलाई एक्स अर्थात् ट्विटर डिएक्टिभेट गर्नु छ? यो तरिका अपनाउनुस्

Technology Khabar १७ बैशाख २०८२, बुधबार

काठमाडौं ।

कसैले एक्स (पूर्व ट्विटर) अकाउन्ट हटाउनुका धेरै कारण हुन सक्छन् — चाहे त्यो ईलन मस्कलाई समर्थन नगर्ने चाहना होस्, प्लेटफर्मको बिग्रँदो संस्कृतिप्रति असन्तोष होस्, वा ब्लूस्काई वा थ्रेड्सजस्ता अन्य विकल्पतर्फको आकर्षण। जे कारणले होस्, यदि तपाईँलाई एक्स एकाउन्ट हटाउनु छ भने यसको प्रक्रिया सरल छ, र प्रयोगकर्तालाई धेरै संलग्न हुन नपर्ने बनाइएको छ।

एक्स अकाउन्ट कसरी डिएक्टिभेट गर्ने?

एक्स एकाउन्ट डिएक्टिभेट गरेपछि तपाईंको प्रोफाइल पेज, पोस्टहरू र प्रयोगकर्ता नाम हराउँछ, यद्यपि डिएक्टिभेट गर्नुअघि तपाईंका ट्याग गरिएका पोस्टहरू भने देख्न सकिन्छ। डिएक्टिभेट गरेपछि फेरि रिएक्टिभेट नगरुञ्जेल तपाईंले आफ्नो टाइमलाइन हेर्न वा पोस्ट गर्न भने सक्नुहुन्न।

इन्ग्याजेटका अनुसार यो एक्स बाट “ब्रेक लिने” सबैभन्दा बलियो तरिका हो र स्थायी रूपमा अकाउन्ट मेटाउने एक मात्र विधि पनि हो।

डिएक्टिभेट गर्नु अघि तपाईंलाई आफ्नो डाटा चाहिएको भए, त्यसको आर्काइभ डाउनलोड गरेर सुरक्षित गर्नुहोस्। एक्सले भन्छ, ‘डिएक्टिभेट गरिएको अकाउन्टबाट आर्काइभ उपलब्ध गराइँदैन।’

डिएक्टिभेट गर्ने तरिका:

१. एक्स खोल्नुहोस्।
२. साइडबार मेनुमा रहेको ‘मोर’ सेक्सनमा जानुहोस्।
३. ‘सेटिङ्स एण्ड प्राइभेस’मा क्लिक गर्नुहोस्।
४. योर एकाउन्ट सेक्सनभित्र ‘डिएक्टिभेट योर एकाउन्ट’मा जानुहोस्।
५.एक्सको चेतावनीहरू ध्यानपूर्वक पढ्नुहोस् र डिएक्टिभेटमा क्लिक गर्नुहोस्
६. तपाईंको एकाउन्ट पासवर्ड हालेर डिएक्टिभेट पुष्टि गर्नुहोस्।
अब तपाईंले ३० दिनसम्म एक्समा लगइन नगरेसम्म, तपाईंको अकाउन्ट स्थायी रूपमा मेटिन्छ।

ध्यान दिनुहोस्, यसले इन्टरनेटमा तपाईंको एक्स अकाउन्ट या पोस्टहरूको खोज नतिजा (सर्च रिजल्ट) पूर्णरूपमा हटाउँदैन, तर एक्सभित्रको तपाईंको उपस्थिति भने पूर्णरूपमा हटाइन्छ।

३० दिनभित्र मन फेरियो भने अकाउन्ट फेरि कसरी सक्रिय गर्ने?

यदि तपाईंले ३० दिनभित्र अकाउन्ट फर्काउन चाहनुभयो भने एक्स डटकम वा एक्स एपमा लगइन गर्नुहोस्। सिस्टमले तपाईंलाई “रिएक्टिभेट” गर्ने अनुरोध गर्छ। तपाईंले पुष्टि गरेपछि तपाईं फेरि टाइमलाइन हेर्न र पोस्ट गर्न सक्नुहुन्छ। यद्यपि तपाईंको फलोअर र लाइकहरू पुन: देखिन केही समय लाग्न सक्छ।

एकाउन्ट मेटाउँदा सबै जानकारी मेटिन्छ त?

एक्सबाट अकाउन्ट डिएक्टिभेट र मेटाउँदा तपाईंको सार्वजनिक गतिविधि हटाइन्छ, तर प्लेटफर्म र प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि एक्सले केही जानकारी सुरक्षित राख्छ।

एक्सले के जानकारी सङ्कलन गर्छ भन्ने विवरण यसको “डाटा प्रोसेसिङ एक्सप्लेनर” मा पाउन सकिन्छ। यद्यपि, तपाईंको लागि मुख्य कुरा के हो भने, मेटाइएको अकाउन्ट वास्तवमै समाप्त हुन्छ।

प्रकाशित: १७ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया