डिजिटल भुक्तान सेवा प्रदायक युनियन पे ईन्टरनेशलसँग सहकार्य गर्दै क्यु पे प्रालि

  • Technology Khabar | २६ मंसिर २०७५, बुधबार
डिजिटल भुक्तान सेवा प्रदायक युनियन पे ईन्टरनेशलसँग सहकार्य गर्दै क्यु पे प्रालि

काठमाडौं ।

काठमाडौं । क्यु पे प्रालिले युनियन पे ईन्टरनेशलसँग नेपालमा मोबाईल कारोबारमा सहकार्य गर्ने भएको छ । काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनबीच दुई कम्पनी बिचको सहकार्यलाई सार्वजनिक गरिएको हो ।

नेपालमा क्यु पेले युनियन पेसँग सहकार्य गर्नका लागि नेपाल राष्ट्र बैँकसँग अनुमति लिईसकेको र बालुवाटारमा केन्द्रीय कार्यालय स्थापना गरेको जानकारी दिएको छ ।

क्यु पे नेपाली मोबाईल वालेट कम्पनी हो जसले चीनको युनियन पे ईन्टरनेशनल सँग नेपालभीत्र भुक्तानीको लागि सहकार्य गर्नेछ ।

सिनेमा, रेष्टुरेण्ट, सपिङ, सवारी लगायतका उपभोग्य सेवाको भुक्तान गर्न क्युआर स्क्यान गर्नुपर्ने हुन्छ । क्युआरका लागि क्यु पेको एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ । युनियन पेको कार्ड भएका नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरू क्युपेको माध्यमबाट भुक्तान गर्न सक्ने कम्पनीको भनाई छ ।

प्रकाशित: २६ मंसिर २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार