माछापुच्छ्रे बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेशनल बीच सरलीकृत लघुकर्जा सेवा सम्झौता

  • Technology Khabar | २५ मंसिर २०७५, मंगलवार
माछापुच्छ्रे बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेशनल बीच सरलीकृत लघुकर्जा सेवा सम्झौता

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंक लि., यूकेएड सक्षम र हेफर इन्टरनेशनल नेपाल बीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले संयुक्त रुपमा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने बताए । साथै, बैंकले कुल ४,३०० कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाह गर्ने, ३,०००को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्डको सेवा प्रदान गर्ने उद्देश्य समेत राखेको जानकारी दिए ।

बैंकले आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार