Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
स्ट्रभाले बेलायतमा आधारित कम्पनी ‘रन’ खरिद गरेको छ। व्यायाम ट्र्याकिङ एप स्ट्रभाले खरिद गरेको रनले आफ्ना प्रयोगकर्ताहरूलाई पर्सनालाइज्ड रनिङ प्लान्स (व्यक्तिगत दौड योजना) र कोचिङ (प्रशिक्षण) प्रदान गर्दछ। स्ट्रभा र बेलायतमा आधारित कम्पनी रन बीचको सम्झौता रकम बारेको जानकारी भने अज्ञात रहेको छ।
दौडप्रति मासिहरुको रुचि उल्लेखनीय रूपमा बढेको स्ट्रभाले रिपोर्ट गरेको छ र यसका ४३ प्रतिशत सदस्यहरू यस वर्ष ठूलो दौड वा कार्यक्रम गर्न चाहेको बताइएको छ। “दौड विश्वव्यापी रूपमा बढिरहेको छ – सन् २०२४ मा स्ट्रभामा लगभग १ अर्ब दौड रेकर्ड गरिएको थियो। प्रत्येक धावकलाई आफ्नो लक्ष्य प्राप्त गर्न व्यक्तिगत योजना दिने रनको उद्देश्य एकदमै उपयुक्त छ” स्ट्रभाका सीईओ माइकल मार्टिनले भने।
“गत वर्ष स्ट्रभाको द्रुत नवप्रवर्तन र अभूतपूर्व वृद्धिबाट बाहिर निस्कँदै, हाम्रा प्रयोगकर्ताहरूको लागि अझ बढी मूल्य सिर्जना गर्न सक्ने पूरक व्यवसायहरू खोज्ने यो सही समय हो” भनि मार्टिनले थप उल्लेख गरे। गत वर्ष, स्ट्रभाले फ्यमली प्लान र नाइट हिट म्याप्स जस्ता सुविधाहरू लन्च गरेको थियो।
रन सन् २०२२ मा लन्च भएको थियो। त्यसपछि यो १८० देशहरूमा उपलब्ध एपमा काम गर्ने १८० कर्मचारीहरूको टोलीमा परिणत भएको छ। स्ट्राभा र रनलाई हालको लागि छुट्टाछुट्टै एपको रूपमा राखिनेछ भने पछिल्लो एपको टोली र स्रोतहरू विस्तार गर्ने योजना बारे मार्टिनले बताएको इनग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार