स्न्यापच्याटले ६ अर्बको खरिद प्रस्ताव स्वीकार गरेको भए निकै छिटो प्रगति गर्थ्यो-मार्क जुकरबर्ग

  • Technology Khabar | ५ बैशाख २०८२, शुक्रबार
स्न्यापच्याटले ६ अर्बको खरिद प्रस्ताव स्वीकार गरेको भए निकै छिटो प्रगति गर्थ्यो-मार्क जुकरबर्ग

काठमाडौं ।

मेटाको प्रतिस्पर्धा-विरोधी मुद्दाको सुनुवाइको क्रममा यस हप्ताको अदालती कारवाहीमा मेटा का सीईओ मार्क जुकरबर्गले भने कि यदि स्न्यापच्याट ले २०१३ मा मेटाको खरिद प्रस्ताव स्वीकार गरेको भए, त्यसले अझ चाँडो प्रगति गर्ने बिजनेस इन्साइडरले रिपोर्ट गरेको छ।

अदालतका दस्तावेजहरूले मेटा ( पुरानो फेसबुक) ले स्न्यापच्याट किन्न ६ अर्ब डलर प्रस्ताव गरेको देखाउँछन्(त्यो समयको रिपोर्टमा उक्त रकम ३ अर्ब डलर भनिएको थियो)। एफटीसीका वकिलको प्रश्नमा जवाफ दिँदै जुकरबर्गले आफूले स्न्यापच्याट “त्यो क्षमताअनुसार बढिरहेको थिएन” र उनको कम्पनीले उक्त एपलाई सुधार्ने थियो भन्ने लागेको बताए।

“यदि हामीले उनीहरूलाई किन्ने मौका पाएका हुन्थ्यौं भने हामीले तिनीहरूको विकासमा तीव्रता ल्याउन सक्थ्यौं, तर त्यो केवल अनुमान हो,” जुकरबर्गले अदालतमा भने।

टेकक्रञ्चका अनुसार सरकारले मेटाले प्रतिस्पर्धा गर्नुभन्दा प्रतिस्पर्धीहरू किन्न खोजेको देखाउन उक्त असफल खरिद प्रयासलाई उदाहरणको रूपमा प्रस्तुत गरेको हो, ताकि मेटाले सामाजिक सञ्जालको क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न खोजेको भन्ने दाबीलाई समर्थन गर्न सकियोस्।

एफटीसीले मेटालाई पुनर्संरचना गर्न वा इन्स्टाग्राम र व्हाट्सएप बेच्न बाध्य बनाउने प्रयास गरिरहेको छ। कम्पनीले ती एपहरू खरिद गर्न अर्बौं डलर खर्च गरेर फेसबुकका प्रतिस्पर्धीहरूलाई रोक्ने काम गरेको र यसले अवैध एकाधिकारको स्थिति सिर्जना गरेको आयोगले दावी गरेको छ।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...