Technology Khabar ४ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
अमेरिकामा विद्युतीय सवारी साधन (ईभी) को बिक्री अझै बढिरहेको भएपनि टेस्लाको प्रभुत्व भने खस्किएको छ।
कोक्स अटोमोटिभकाअनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा विद्युतीय सवारी साधनको बिक्री वर्षिक दरमा ११.४ प्रतिशतले बढेको टेलिग्राफले रिपोर्ट गरेको छ।
वर्षिको पहिलो त्रैमासिकमा लगभग ३००,००० विद्युतीय कारहरू सडकमा उत्रिएका थिए, जुन मुख्य माग र नीति अनिश्चितताको बारेमा प्रश्नहरूको सामना गरिरहेको उद्योगको लागि उत्साहजनक संकेत भएको उल्लेख गरिएको छ।
सबै अटोमेकरहरू “अपेक्षित स्तरमा” नपुगेको र टेस्लाको अमेरिकी बिक्री लगभग ९ प्रतिशतले घटेको बताइएको छ।
त्यसैगरी टेस्लाको विश्वव्यापी ढुवानी १३ प्रतिशतले घटेको उल्लेख छ जुन सन् २०२१ पछि कम्पनीको सबैभन्दा कमजोर त्रैमासिक भएको बताइएको छ।
टेस्लाको खस्किँदो अवस्थाको बाबजुद, अन्य इभी ब्रान्डहरूले नयाँ खरीदकर्ताहरू फेला पारिरहेको बताइएको छ।
शेभ्रोले कम्पनीले आफ्नो विद्युतीय बिक्री दोब्बर भन्दा बढि बनाउन सफल भएको छ। बीएमडब्ल्यूले पनि आई४ र आईएक्सको नेतृत्वमा २६ प्रतिशतले वृद्धि गरेको उल्लेख छ।
टोयोटाको आफ्नो बीजेड४एक्स एसयूभीको बिक्री तीन गुणाले बढेको बताइएको छ।
पहिलो त्रैमासिकमा २२,००० भन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री गरेर फोर्ड ईभी दौडमा दोस्रो स्थानमा रहन सफल भएको छ।
होन्डा प्रोलग, अकुरा जेडडीएक्स र डज चार्जर डेटोना ईभी जस्ता धेरै नयाँ मोडेलहरूको आगमनका साथ क्याडिल्याक र होन्डाले पनि वृद्धिमा मद्दत गरेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार