सामसङ डिस्प्लेले क्रिजको समस्या समाधान गर्यो, फोल्डेबल आईफोन अर्को वर्ष उपलब्ध हुनेः रिपोर्ट

  • Technology Khabar | ४ बैशाख २०८२, बिहीबार
सामसङ डिस्प्लेले क्रिजको समस्या समाधान गर्यो, फोल्डेबल आईफोन अर्को वर्ष उपलब्ध हुनेः रिपोर्ट

काठमाडौं ।

सबैभन्दा ठूलो स्मार्टफोन निर्माता एप्पलले अहिलेसम्म फोल्डेबल डिभाइस जारी गरेको छैन। क्युपर्टिनोको लागि क्रिजको आकार प्रमुख समस्या भएको बताइएको छ र एप्पलका डिस्प्ले आपूर्तिकर्ताहरूले यसलाई कम गर्ने तरिकाहरूमा काम गर्दा यसले परियोजनालाई रोकेको उल्लेख गरिएको छ।

सामसङ डिस्प्लेले अन्ततः समस्या समाधान गरेको र परियोजना सन् २०२६ को उत्तरार्धमा डिभाइस लन्च गर्ने लक्ष्यको लागि अगाडि बढ्न सक्ने बिजनेस कोरियाको रिपोर्टले उल्लेख गरेको छ। सामान्यतया, एप्पलले आफ्ना प्रोडक्टहरूको लागि सामसङ, एलजी र बीओई डिस्प्लेको मिश्रण प्रयोग गर्दछ। तर सामसङ डिस्प्लेको लागि यो उपलब्धी ठूलो जीत हुने बताइएको छ जसको हालैका वर्षहरूमा बजार हिस्सा घटेको छ।

फोल्डेबल आईफोनमा ५.५ इन्चको ओएलईडी कभर डिस्प्ले र ७.८ इन्चको मुख्य डिस्प्ले समावेश गरिने बताइएको छ। साथै यो एक बुक–स्टायल (पुस्तक–शैली) को फोल्डेबल डिभाइस हुने बताइएको छ र यसले सामसङको ग्यालेक्सी जेड फोल्ड८ सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ।

फोल्डेबल आईफोन महँगो हुने अनुमान गरिएको छ र प्रारम्भिक अनुमानहरूका अनुसार यसको मूल्य २,००० अमेरिकी डलर भन्दा बढी हुने बताइएको छ। साथै हालैको शुल्कको लडाईंले यो अपेक्षा गरेभन्दा अझै बढी महँगो हुन सक्ने उल्लेख गरिएको छ।

एप्पलले भने आफ्नो फोल्डेबल आईफोनको उत्पादन लक्ष्यमा अझै सहमति जनाएको छैन र भित्री व्यक्तिहरूले यसले प्रति वर्ष ९० लाख वा सोभन्दा बढी लक्ष्य राख्ने सुझाव दिएका छन् भने यो प्रति वर्ष १५ मिलियन युनिटसम्म हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...