खरिदकर्ता कम्पनीले नयाँ मूल्याङ्कनको माग गरेपछि भारतमा हेक्साकमले इन्डस टावरको बिक्री रोक्यो

Technology Khabar ३ बैशाख २०८२, बुधबार

काठमाडौं ।

भारती एयरटेलको सहायक कम्पनी भारती हेक्साकमले कम्पनीको अल्पसंख्यक शेयरधारक कम्पनी टेलिकम्युनिकेसन्स कन्सल्टेन्ट्स इन्डिया लिमिटेड (टिसीआईएल) द्वारा अनुरोध गरिएको सम्झौताको नयाँ मूल्याङ्कन नभएसम्म इन्डस टावर्सलाई ३ हजार ४०० टेलिकम टावरहरूको बिक्री स्थगित गरेको छ।

इन्डस टावर्सले गएको फेब्रुअरीमा भारती एयरटेलबाट १२ हजार ७०० टावरहरू र भारतको राजस्थान र उत्तरपूर्वी क्षेत्रहरूमा उपभोक्ता मोबाइल सेवाहरू, फिक्स्ड-लाइन टेलिफोन र ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्ने भारती हेक्साकमबाट ३,४०० टावरहरू किन्न ३३.०८७ अर्ब भारतीय रुपैयाँ (३७८ मिलियन डलर) को नगद सम्झौता गरेको थियो।

ईटीटेलिकमको रिपोर्ट अनुसार, राज्य स्वामित्वको टिसीआईएलको हेक्साकममा १५ प्रतिशत हिस्सेदारी छ र कम्पनीले टावरहरूको मूल्याङ्कनमा एयरटेलसँग विवाद पछि हेक्साकम सम्झौता रोकेको थियो।

व्यावसायिक सेवा फर्म ग्रान्ट थोरन्टनले प्रति टावर ३ करोड ३० लाख भारु बिक्री मूल्य निर्धारण गरेको थियो। टिसीआईएलले नयाँ मूल्याङ्कन खोजिरहेको छ र लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभाग (डीआईपिएएम) को दिशानिर्देश र सेबी नियमहरू अनुरूप खुला र पारदर्शी प्रक्रिया मार्फत बोलपत्रहरू खोज्ने सम्भावना रहेको रिपोर्टमा भनिएको छ।

एयरटेलका प्रवक्ताले बताएअनुसार, नयाँ मूल्याङ्कन प्रक्रिया पूरा नभएसम्म हेक्साकम टावर बिक्रीलाई स्थगित गर्न सहमत भएको छ। एयरटेलको १२,७०० टावरहरू इन्डसलाई बिक्री गर्न अझै जारी भएको रिपोर्टमा थपिएको छ।

सन् २०२४ को अन्त्यसम्ममा इन्डसको २ लाख ३४ हजार ६४३ टावरहरू र ३ लाख ८६ हजार ८१९ को-लोकेसनहरू सहित भारतभर उपस्थिति छ।

प्रकाशित: ३ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया