सोनीले युरोपमा प्लेस्टेशन ५ को मूल्य ११ प्रतिशतले बढायो

Technology Khabar ३ बैशाख २०८२, बुधबार

काठमाडौं ।

सोनीले उच्च मुद्रास्फीति र विनिमय दरमा उतारचढाव आएको भन्दै युरोप, बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्डका बजारहरूमा आफ्नो प्लेस्टेशन ५ (पीएस५) कन्सोलको मूल्य बढाउने बताएको छ।

जापानी प्रविधि र मनोरञ्जन समूहले अप्रिल १४ तारिखदेखि डिस्क बिनाको पीएस५ को लागत ११ प्रतिशतले बढाएर ४९९.९९ युरो (५६९.५९ अमेरिकी डलर) पु¥याउँदैछ भनि विदेशी मिडियाले जनाएको टेलिग्राफले उल्लेख गरेको छ।

बेलायतमा सोही डिभाइसको मूल्य १० प्रतिशतले बढेर ४२९.९९ पाउण्ड (५६६.९० अमेरिकी डलर) पुग्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ (कर) लगाएपछि व्यापारमा अवरोधहरू सहित इलेक्ट्रोनिक्स उत्पादकहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् भनि टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया