ओम्नीभिजनको नयाँ १ इन्चको क्यामरा सेन्सर ‘ओभी५०एक्स’ मा ८के एचडीआर भिडियो रेकर्डिङ उपलब्ध

Technology Khabar ३ बैशाख २०८२, बुधबार

काठमाडौं ।

१ इन्च सेन्सरहरू विगतका वर्षहरूमा भन्दा झन् दुर्लभ हुँदै गइरहेको छ। तर तिनीहरू अझै पनि टप–अफ–द–लाइन क्यामरा फोनहरूमा प्रयोग गरिने भएकोले ओम्नीभिजनले उद्योगमा हाइएस्ट डायनामिक रेञ्ज र “मुभि–ग्रेड” भिडियो क्याप्चरको साथ नयाँ सेन्सर अनावरण गरेको छ।

ओम्नीभिजन ओभी५०एक्स १ इन्च अप्टिकल ढाँचा भएको ५०मेगापिक्सेलको सेन्सर हो। यसमा बिनिङ गर्नु अघि विशाल १.६ µm (माइक्रोन्स, माइक्रोमिटर पनि भनिन्छ) पिक्सेल रहेको छ। यसले १८०एफपीएस मा ४–इन–१ बिनिङ (१२.५मेगापिक्सेल आउटपुट रिजोल्युसन) समर्थन गर्दछ। यसले ६०एफपीएस मा तीन–च्यानल एचडीआर पनि गर्न सक्ने छ।

एचडीआरको सन्र्दभमा, सेन्सरले “११०डीबी (डेसिबल)” नजिकको डायनामिक रेञ्ज प्रदान गर्दछ, जुन स्मार्टफोन फर्म फ्याक्टरको लागि सम्भव भएसम्मको अधिकतम भएको ओम्नीभिजनले बताएको छ। यसको लागि थियासेल डिजाइनलाई श्रेय दिइएको छ जसले अटोमोटिभ उद्योगको लागि ओम्नीभिजन सेन्सरमा डेब्यू गरेको थियो।

डुअल एनालग गेन (डीएजी) एचडीआर मार्फत ८के भिडियो रेकर्ड गर्न सकिन्छ। डीएजी वान–फ्रेम एचडीआर प्रविधि हो जसले छायामा डिटेल (विवरण) बुस्ट (बढाउन) हाई गेन र हाइलाइटहरूमा विवरण सुरक्षित गर्न लो गेन लागू गर्दछ। त्यसपछि त्यसलाई एचडीआर परिणाममा संयोजन गर्दछ। यो विधिले मल्टि–फ्रेम फ्युजन एचडीआरमा देखा पर्न सक्ने आटिफ्याक्टरूलाई कम गर्दछ।

डुअल कन्भर्सन गेन (डीसीजी) एउटा छुट्टै एचडीआर विधि हो जुन सेन्सरले लागू गर्न सक्ने उल्लेख गरिएको छ। एलओएफआईसी (ल्याटरल ओभरफ्लो इन्टिग्रेसन क्यापासिटर) थियासेलको भाग हो जसले एचडीआरमा मद्दत गर्छ र एलईडी लाइटहरू (बिलबोर्ड, ट्राफिक लाइट, आदि सहित)को फ्लिकर (चमक/झिलीमिली) कम गर्दछ।

ओभी५०एक्सले फोनको मुख्य क्यामरालाई अतिरिक्त लचिलोपन दिन इन–सेन्सर जुमलाई पनि समर्थन गर्दछ। सेन्सरमा १०० प्रतिशत कभरेज क्वाड फेज डिटेक्शन (क्यूपीडी) अटोफोकस रहेको छ जसले यसलाई छिटो र भरपर्दो रूपमा फोकस लक प्राप्त गर्न मद्दत गर्दछ।

ओम्नीभिजन ओभी५०एक्स अहिले प्राविधिक कम्पनीहरूद्वारा मूल्याङ्कन गरिँदैछ र सन् २०२५ को तेस्रो त्रैमासिकमा ठूलो मात्रामा उत्पादनमा जाने अपेक्षा गरिएको छ। त्यसैले वर्षको उत्तरार्ध भन्दा अघि यो सेन्सर सहितको पहिलो स्मार्टफोनहरू देख्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया