Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
एसरले अमेजनसँगको साझेदारीमा अप्रिल १५ तारिखमा भारतीय स्मार्टफोन बजारमा पुनरागमन गर्दैछ गर्ने भएको छ। यसै क्रममा कम्पनीको आगामी फोनहरू मध्ये एकको बारेमा केही थप विवरणहरू सार्वजनिक गरिएका छन्।
अज्ञात डिभाइसले सोनी सेन्सर प्रयोग गर्ने ६४ मेगापिक्सेलको मुख्य क्यामरा (जुन खुलासा गरिएको छैन), साथै अल्ट्रावाइड र तेस्रो डेकोरेटिभ म्याक्रो क्यामरा वा डेफ्थ सेन्सर समावेश गर्ने बताइएको छ। यो स्पष्ट रूपमा “बजेट फइभजी खण्डमा दुर्लभ ट्रिपल क्यामरा सेटअप” हुने बताइएको छ। तर तेस्रो सेन्सर धेरै राम्रो नहुने भएकोले यसलाई “ट्रिपल” भन्नु अलि उपयुक्त नहुने उल्लेख गरिएको छ।
मुख्य क्यामराको उक्त सोनी सेन्सर “सुधारिएको लो–लाइट फोटोग्राफी” को लागि उपयुक्त हुने बताइएको छ। त्यसका साथै न्वाइज रिडक्सन, एज डिटेक्सन रकलर ट्युनिङको लागि एआई पनि हुने अपेक्षा गरिएको छ। यी सबै सुविधाहरू क्यामराफोनहरूको सुरुवातका दिनहरूदेखि नै समावेश हुँदै आएका छन्। तर अब कम्पनीहरूले कम्तिमा पनि ब्रान्डेड एआई हुन आवश्यक छ भन्ने जस्तो सोचेको देखिएको बताइएको छ।
फोनहरू भारतको इण्डकल टेक्नोलोजीजद्वारा डिजाइन, निर्माण र वितरण गरिने बताइएको छ जसले भर्खरै एसर नामलाई इजाजतपत्र दिएको उल्लेख गरिएको छ। इण्डकलले भारतीय बजारको लागि एसर–ब्रान्डेड टिभीहरू पनि उत्पादन गर्दै आएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २ बैशाख २०८२, मंगलवार