
काठमाडौं ।
काठमाडौं । चीपसेट बनाउने कम्पनी क्वालकमले अमेरिकाको हवाईमा आयोजित स्न्यापड्रागन टेक्नोलोजी समिटमा नयाँ पुस्ताको चिपसेट सार्वजनिक गरेको छ ।
अमेरिकी कम्पनी क्वालकमले स्न्यापड्रागन ८५५ चिपसेट (Snapdragon 855) ल्याएको हो । यो विश्वको पहिलो ५जी सपोर्ट गर्ने चिपसेट हो जून आगामी वर्ष सामसंगले ल्याउने नयाँ फाइभ जी स्मार्टफोनमा प्रयोग हुनेछ ।
क्वालकमकाअनुसार स्न्यापड्रागन ८५५ कम्पनीको चौथो जेनेरेशनको चिपसेट हो, जसमा मल्टी कोर क्वालकम एआई इन्जिन राखिएको छ, जून पुरानो पुस्ताको भन्दा तीन गुणा उत्कृष्ट एआई परफर्मेन्स दिनेछ ।
नयाँ चिपसेट विश्वको पहिलो कम्यूटर भिजन आईएसपीका साथमा आउनेछ जून अब्जेक्ट तथा अनुहारलाई चिन्नको लागि सहयोग गर्नेछ ।
कम्पनीले यो चिपसेटमा अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर फीचर राखेको छ, जसलाई क्वालकम थ्रीडी सोनिक सेन्सर नाम दिईएको छ । कम्पनीकाअनुसार यसको सहयोगबाट फोनको ग्लास स्क्रीनद्धारा नै यूजर्सले फिंगरप्रिन्ट सेन्सर प्रयोग गर्न सक्नेछ ।
क्वालकमले सार्वजनिक गरेको स्न्यापड्रागन ८५५ चिपसेटले विशेषगरि ५जी कनेक्टिभिटीका लागि बनाईएको हो जून फाइभजी फोनमा प्रयोग हुनेछ । कम्पनीकाअनुसार यो चिपसेटमा यूजर्सले उपलब्ध फोरजी नेटवर्कभन्दा ५० देखि१०० गुणा तिब्रगतिको इन्टरनेट प्राप्त गर्नेछन् ।
स्न्यापड्रागन ८५५ चिपसेट विश्वमा पहिलो पटक दक्षिण कोरियाली कम्पनी सामसंगले ल्याउने आफ्नो पहिलो ५जी स्मार्टफोनमा प्रयोग हुनेछ । सामसंगको ५जी फोन अमेरिकाको भेरिजोनको ५जी नेटवर्कमा प्रयोग गरिनेछ ।
प्रकाशित: १९ मंसिर २०७५, बुधबार