आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक बिच बीमा सेवा सम्झौता

  • Technology Khabar | १८ मंसिर २०७५, मंगलवार
आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक बिच बीमा सेवा सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक बिच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहकलाई निशुल्क रुपमा रु.१० लाख बराबरको दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गरिनेछ ।

नेपाल बैंकका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंदै आफना ग्राहक महानुभावहरुलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससँग बीमा सेवाको लागि संझौता गरिएको जानकारी दिए ।

प्रकाशित: १८ मंसिर २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार