नेपालको मौसम: डाटा सेन्टरलाई आवश्यक सर्भर राख्नका लागि प्राकृतिक “एअर कन्डिसन” हुनसक्ने

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

नेपालको मौसम: डाटा सेन्टरलाई आवश्यक सर्भर राख्नका लागि प्राकृतिक “एअर कन्डिसन” हुनसक्ने
नेपाल विद्युत प्राधिकरणको डाटा सेन्टर। फाइल तस्बिर।

काठमाडौं ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले डाटा सेन्टरलाई आवश्यक सर्भर राख्नका लागि नेपालको मौसम प्राकृतिक रुपमा “एअर कन्डिसन” हुनसक्ने संभावनालाई औंल्याएको छ।

निजि क्षेत्रसँगको सहकार्यबाट भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको आर्थिक सुधारको मार्गचित्र विषयक प्रतिवेदनअनुसार सडक पूर्वाधार, शहरी विकास, फोहरमैला व्यवस्थापन, विद्युत पूर्वाधार जस्ता थप क्षेत्रमा निजिक्षेत्रको नवप्रवर्तन र दाताबाट लाभान्वित हुन सक्ने सम्भावना देखिन्छ।

यसैगरी निजी लगानी परिचालन गर्न पूर्वाधारमा सरकारको लगानी आवश्यक भएको औंल्याएको छ।

आयोगले ठूलो प्रतिफलको लक्ष्य निर्धारण गरेर प्रविधिको क्षेत्रमा लगानी बढाउने हो भने भौतिक पूर्वाधारसँगै इन्टरनेट र गुणस्तरीय विद्युत आपूर्ति अनिवार्य हुने भनेको छ।

यसैगरी, विद्युत पूर्वाधारमा भएको व्यापक लगानीले नेपालमा यस क्षेत्रले सस्तो मूल्यमा ऊर्जा उपयोग गर्न पाउने सम्भावना छ। डाटा सेन्टर लगायतका क्षेत्रमा आवश्यक पूर्वाधार सरकारले तयार पार्ने हो भने यस क्षेत्रमा लगानी विस्तार हुन सक्ने देखिन्छ।

त्यसका लागि भौतिक पूर्वाधारमात्र होइन, कानुनी अड्चन र लगानीकर्ता प्रतिको पूर्वाग्रही सोचलाई सुल्ट्याउनुपर्ने अवस्था छ/नेपालको मौसम, डाटा सेन्टरलाई आवश्यक विशाल सर्भर राख्नका लागि प्राकृतिक रुपमा “एअर कन्डिसन” हुनसक्ने संभावना औंल्याएको छ।

यसका साथै विद्युतीय खरिद प्रणालीलाई सुदृढ बनाउँदै निर्माण व्यवसायी र परामर्शदाताको विवरण एकीकृतरुपमा प्राप्त गर्न सकिने गरी व्यवस्था गर्नुपर्ने स्पष्ट पारेको छ।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया